दुहबीमा एक पुरुषको शव फेला

दुहबीमा एक पुरुषको शव फेला

विराटनगर । सुनसरीको दुहबी नगरपालिका–८ सोनापुर स्थित टेंग्रा खोलाको छेवमा एक व्यक्तिको शव फेला परेको छ ।

टेङग्रा खोलाको छेवमा नाम ठेगाना नखुलेको अन्दाजी ४०/४५ वर्षको शव फेला परेको हो । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोलाको छेवमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्