पथरी शनिश्चरेमा सवारी दुर्घटनाहुँदा १ जनाको मृत्यु

पथरी शनिश्चरेमा सवारी दुर्घटनाहुँदा १ जनाको मृत्यु

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका-२ स्थित भित्रि सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

मंगलबार  दिउँसो करिब ३ बजे प्रदेश १-२-००३ ह ५३८ नम्वरको सिटी सफारीले बाटो काट्दै गरेकि स्थानिय आन्न राईको ४ बर्षीया छोरी सिहाङ राईलाई ठक्कर दिदा घाईते भएकि राईको बिराट नर्सिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । 

ठक्कर दिने सिटी सफारी र चालक ४८ बर्षीय मन बहादुर तामाङलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई दुर्घटना सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्