उर्लाबारीबाट लागुऔषध सहित ४ जना पक्राउ

उर्लाबारीबाट लागुऔषध सहित ४ जना पक्राउ

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-२ स्थितबाट निषेधित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बेलुका करिब ६:३० बजे विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारी र अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-२ का २० बर्षीय नविन पुरीको घरबाट उर्लावारी ३ का रकि धिमाल, उर्लाबारी-२ का उज्वल थापा र २८ बर्षीय सुमित राई समेत ४ जनालाई निषेधित औषधि ट्रामाडोल ६ सय ४४ क्यापसुल र स्पास्पेन ७ सय २० ट्यावलेट सहित पक्राउ गरेको हो ।

निषेधित औषधी सहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्