विराटनगरका देवकीनन्दन अग्रवाल : उद्योग–व्यापारमा अनुभवी, सामाजिक क्षेत्रमा नेतृत्वकर्ता

विराटनगरका देवकीनन्दन अग्रवाल : उद्योग–व्यापारमा अनुभवी, सामाजिक क्षेत्रमा नेतृत्वकर्ता

विराटनगर । मोरङको तत्कालिन सदरमुकाम रंगेलीमा ६३ वर्ष अगाडी जन्मनु भएका उद्योगी देवकीनन्दन अग्रवाल अहिले विराटनगरमा उद्योग–व्यापारसँगै सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । २०२९ सालमा एसएलसी उत्तिर्णपछि रंगेलीमा आफ्ना बुबाले स्थापना गर्नु भएको बंशी राईस एण्ड ओएल मिलदेखि औद्योगिक क्षेत्रमा जोडिदेखि अहिलेसम्म उत्पादन र व्यापारको कनेक्सनमा छन् । बुबा बंशीधर अग्रवालले २०२५ सालमा राईस एण्ड ओएल मिल स्थापना गर्नु भएको थियो, अग्रवालले भन्नुभयो–त्यसपछि औद्योगिक जीवनसँग कहिल्यै टाडिनु परेन । व्यापारिक हिसाबले कहिल्लै पछाडी बस्नु परेन ।

रंगेलीको पैत्रिक सम्पति बाँडफाँडपछि २०३० सालमा विराटनगर स्थान्तरण हुनु भएका अग्रवालले चन्द्रशिव राईस मिल भाडामा लिएर एकवर्ष सञ्चालन गर्नु भएको थियो । त्यसपछि २०३१–२०३५ सालसम्म अच्यूत राईस एण्ड आयल मिल सञ्चालकसँग मोरङ क्याम्पसको विद्यार्थी बन्नु भएको थियो । विद्यार्थी जीवनमा नेपाली काँग्रेसको राजनीतिमा सक्रिय अग्रवालले २०३६ सालमा विश्वेश्वरप्रसाद कोइरालाको सम्मान कार्यक्रममा आफ्नो भूमिका देखाउनु भएको थियो ।

व्यवस्थापन विषयमा स्नातकसम्म अध्ययन गर्दै खाद्यन्न तथा तेलको दोकान खोल्नु भएका अग्रवाल त्यसपछि आफ्नै लगानीका उद्योग स्थापना गर्ने हैसियतमा पुग्नु भएको थियो ।
बीसवर्ष अगाडी प्याकेजिङ्ग यूनिटको रुपमा सुरु गरिएको बागमती आयल इण्डष्ट्रिज अहिले पनि चालु छ । त्यसपछि प्लाष्टिकका सामाग्री उत्पादन गर्ने लोटस इण्डष्ट्रिजमा पनि अग्रवाल साझेदार हुनुहुन्छ ।
औद्योगिक–व्यापारिक क्षेत्रमा मात्र नभई अग्रवाल देशकै पहिलो उद्योग वाणिज्य संघ मोरङ व्यापार संघमा चार कार्यकाल उपाध्यक्षको भूमिका निर्वाह गरिसक्नु भएको छ । त्यसपछि देश प्रादेशिक संरचनामा गएपछि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को दोस्रो कार्यकालका लागि राजश्व परामर्श समितिको संयोजक हुनुहुन्छ ।

यस बाहेक मारवाडी सेवा सदन, विराटेश्वर मन्दिर, नेपाल अग्रवाल सभाको अध्यक्षको जिम्मेवारी, कृष्ण गौ सेवा सदनको सदस्यको जिम्मेवारीमा रहनु भएको छ । अग्रवालले अहिले पनि ८ जना विद्यार्थीको अभिभावकत्व लिएर अध्ययन गर्ने अवसर प्रदान गर्दै आएको सुनाउनुभयो ।
उद्योग–व्यापारको अनुभव संगाल्नु भएका अग्रवाल औद्योगिक नगरी विराटनगरको विकास पछाडी फर्केकोमा भने चिन्ता लाग्ने बताउनुहुन्छ । सरकारले राम्रो नजर लगाएन, अग्रवालले भन्नुभयो–औद्योगिक क्षेत्र स्थापनामा कुनै चासो राखेन, लगानीको वातावरण सकारात्मक बनाउन चाहेन ।

सरकार सरकारका लागि मात्रै छ, अग्रवालले भन्नुभयो–नागरिक वा उद्योगी–व्यापारीको हितमा कहिल्यै ध्यान दिएन । भन्सार र राजश्व कार्यालयको सेवा उद्योगी–व्यापारीमैत्री भएपनि संरचना अभाव बेहोर्नु परेको उद्योगी अग्रवालको गुनासो छ । सरकारले उद्योगी–व्यापारीलाई एकद्वार प्रणालीबाट प्रशासनिक काम गर्ने अवसर नदिएको बुझाई छ ।

पछिल्लो समय बढ्दै गएको तरलता अभावलाई सरकारले सुझबुझपूर्ण नीति ल्याएर हटाउन नसके देशको अर्थतन्त्र झन् कमजोर स्थितितर्फ धकेलिने उद्योगी अग्रवालको बुझाई छ । पछिल्लो बजेटले मारमा परेका तीनथरीका उद्योगको करका सम्बन्धमा सरकार गम्भीर भएर पुनरावलोकन गर्नुपर्ने अग्रवालले माग गर्नुभयो । जिआईवायर, वनस्पति घ्यूतेल र सेनिटरी प्याडको करको दरमा गरिएको हेरफेरले लगानी जोखिममा पर्ने भएकोले सरकारले सच्याउनु पर्ने माग उद्योगी अग्रवालको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्