लागुऔषध सहित ४ जना पक्राउ

लागुऔषध सहित ४ जना पक्राउ

विराटनगर । भोजपुरको हतुवागढी गाउँपालिका-९ स्थितबाट २ जना, मोरङको विराटनगर-१६ र पथरी शनिश्चरे नगरपालिका-४ बाट १/१ जना लागुऔषध सहित पक्राउ परेका छन् ।

बुधबार दिउँसो प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले संकास्पद अवस्थामा हिडिरहेका हतुवागढी-८ का २५ बर्षीय सुमोर राई र ४३ बर्षीय भक्त बहादुर थापालाई चेक जाँचको क्रममा उनीहरुको साथबाट ब्राउनसुगर ६ सय मिलिग्राम, ट्रामाडोल हाईड्रोक्लोराईड ३४ क्यप्सुल र स्पास्पेन ३४ ट्यावलेट सहित बरामद गरेको थियो।

यसै गरी मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका-४ का २१ बर्षीय अमृत लिम्वुलाई २ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर, स्पास्पेन ९७ ट्रयावलेट र प्रामोल ९० ट्यावलेट सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर -१६ स्थित हुलास चौकमा जोगवनी भारतबाट नेपाल आउदै गरेका धनकुटा पाख्रिवास नगरपालिका-४ का २२ बर्षीय बिसाल लिम्वुलाई संका लागि चेकजाँच गर्दा उनको साथबाट लुपिजेसिक १५ एम्पुल, फेनारगन १५ एम्पुल, डाईजोपाम १५ एम्पुल, एभिल १५ ऐम्पुल, नाइट्राभेट ९ ट्यावलेट सहित बरामद गरेको थियो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहको जनाएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्