डिएसपी कुँवर असार महिनाको सर्वोत्कृष्ट प्रहरी

डिएसपी कुँवर असार महिनाको सर्वोत्कृष्ट प्रहरी

विराटनगर । इलाका प्रहरी कार्यालय अनारमनी, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक रुगम बहादुर कुँवर असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । झापा अर्जुनधारा नगरपालिका–४ जुकेखाडी साहसी टोलमा भएको घटना अनुसन्धान गरेर सफलता पाए वापत कुँवरलाई असार महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

कच्ची सड्क खण्डको ह्वुमपाइप भित्र अज्ञात व्यक्तिले हत्यापछि बोरामा प्याक गरिएको अवस्थामा एउटा लास भेटिएको थियो । तत्काल पहिचान नखुलेको मृतक पुरुषको लासको सुक्ष्मरुपमा अनुसन्धान गर्न सफल भई घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको भन्दै उत्कृष्ट घोषित गरिएको हो ।

यसैगरी लागुऔषध, चोरी लगायतका बिभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन पनि सफल मानिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । कुँवर इलाका प्रहरी कार्यालय अनारमनी, झापामा कार्यरत छन् ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्