पथरीशनिश्चरेमा पैनीको पानीमा डुबी बालिकाको मृत्यु

पथरीशनिश्चरेमा पैनीको पानीमा डुबी बालिकाको मृत्यु

विराटनगर । मोरङको पथरीशनिश्चरे-९ सगरमाथा चोक स्थितमा पैनीको पानीमा डुबी बालिकाको मृत्यु भएको छ ।

बिहिबार बिहान करिब ९ बजे तेह्रथुम छथर गाउँपालिका-३ घर भई हाल पथरीशनिश्चरे-९ मा बस्दै आएका कुमार लिम्बुको १९ महिनाकी छोरी स्नेहा लिम्बु आँगनमा खेल्ने क्रममा नजिकै रहेको पैनीको पानीमा डुबी मृत्यु भएको हो । घटना स्थलमा ईलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली खटि मृतक लाशलाई पोष्टमार्टमको लागि मंगलबारे अस्पताल पठाएको थियो ।

घटना बारेमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्