श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु, श्रीमान प्रहरीको नियन्त्रणमा

श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु, श्रीमान प्रहरीको नियन्त्रणमा

विराटनगर । ताप्लेजुङको फुङ्लिङ नगरपालिका-९ स्थितमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ भने कुटपिट गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार बेलुका करिब ५ बजे फुङ्लिङ-९ का ६५ बर्षीय बल बहादुर साँवाले आफ्नै श्रीमती ५४ बर्षीया कान्छीमाया लिम्वुलाई घरायसी बाद बिबादका कारण कुटपिट गर्दा कान्छीमायाको घटना स्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी पाए लगतै तत्काल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षकको टोली खटि कुटपिट गर्ने साँवालाई पक्राउ गरेको छ भने मृतक लाशलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाएको थियो ।

घटना बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्