पानीमा डुवी २ जनाको मृत्यु

<span class='c1'>पानीमा डुवी २</span> <span class='c2'>जनाको मृत्यु</span>

विराटनगर । सुनसरी र खोटाङको छुट्टाछुट्टै स्थानमा पानीमा डुवी २ जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो सुनसरीको कोशी गाउँपालिका-२ का राम कुमार उरावको १४ बर्षीय छोरा आयुष उराव कोशी गाउँपालिका-३ स्थित सिंचाई नहरमा पौडी खेल्ने क्रममा पानीमा डुवी बेहोस अवस्थामा स्थानिय मानिसहरुले फेला पारी उपचारको लागि जिल्ला अस्पताल इनरुवा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

यसै गरी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ की ६८ बर्षीया दिल लक्ष्मी राई शुक्रबार बेलुका करिब ५ बजे आफ्नै खेतबारीमा पानी लगाउन भनि गएकिमा अवेर सम्म फर्की नआए पश्चात आफन्तले खोजतलास गर्ने क्रममा कुलोको पानीमा लडी घोप्टो परी मृत अवस्थामा फेला परेको हुँदा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी अनुसन्धान अधिकृत सहितको टोली खटि लाश पोष्टमार्टमको लागि जिल्ला अस्पताल खोटाङ पठाईएको थियो।

दुवै घटना सम्वन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्