सवारी साधनको ठक्करबाट २ जनाको मृत्यु

<span class='c1'>सवारी साधनको ठक्करबाट</span> <span class='c2'>२ जनाको मृत्यु</span>

विराटनगर । संखुवासभा र मोरङमा शनिबार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो करिब ११ बजे संखुवासभाको खाँदबारी नगरपालिका-९ स्थितमा बा.२० च ९५०२ नम्वरको स्कारपियोले पैदल यात्री षडानन्द नगरपालिका-५ भोजपुरकि भुमिका बिष्टको ३ बर्षीया छोरी मनिषा बिष्टलाई ठक्कर दिंदा घाईते भई उपचारको लागि स्थानिय मनकामना अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यसै गरी मोरङको सुन्दरहरैचा नगरपालिका-१० स्थित राजमार्गमा मे.१ ख ३२३० नम्बरको बसले को.३७ प १४३५ नम्बरको मोटरसाईललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक इटहरी उपमहानगर पालिका-२० तरहरा सुनसरीका २६ बर्षीय रोयल राईलाई उपचारको लागि कोशी अस्पताल विराटनगर पुर्‍याउना साथ मृत्यु भएको हो ।

ठक्कर दिने दुवै सवारी र चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्