कोशी टप्पु घुम्न जादा रुखले किचेर एकजनाको मृत्यु

<span class='c1'>कोशी टप्पु घुम्न जादा</span> <span class='c2'>रुखले किचेर एकजनाको मृत्यु</span>

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका -९ कोशी टप्पु बन्य जन्तु आरक्षणमा सिसौको रुखले किची स्कुटी चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका ११ का २८ बर्षीय धिरज तामाङ रहेका छन् । आइतबार दिउँसो करिब ३:३० बजे कोशी टप्पु बन्य जन्तु आरक्षण स्थित घुम्ने क्रममा प्र. १. ०२- ०४४ प ६६८१ न. को स्कुटी चालक रहेका तामाङको सुकेको सिसौको रुख अचानक ढलि किचेर घटनास्थालमानै मृत्यु भएको थियो भने पछाडी सवार धरानकै २८ बर्षीय संगेन्द्र बिष्ट घाईते भएका थिए । घाईतेको बिराट नर्सिङ होम विराटनगरमा उपचार भईरहेको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्