झापाबाट ब्राउन सुगर सहित एक जना पक्राउ

<span class='c1'>झापाबाट ब्राउन सुगर सहित</span> <span class='c2'>एक जना पक्राउ</span>

विराटनगर । झापाको शिवसताक्षी नगरपालिका १ धरमपुर चर्चाबारी स्थितबाट लागुऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सोही स्थान शुक्रबारे बस्ने २१ बर्षीय किरण श्रेष्ठ रहेका छन् । आइतबार बेलुका करिब ६ बजे ईलाका प्रहरी कार्यालय दमक र ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई लागुऔषध ब्राउन सुगर १ ग्राम ६०० मिलि ग्राम सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका श्रेष्ठको ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्