भाउन्नेको जङ्गलमा रोकिराखेको ट्रकमा कार ठक्कर दिन पुग्दा एकको मृत्यु

भाउन्नेको जङ्गलमा रोकिराखेको ट्रकमा कार ठक्कर दिन पुग्दा एकको मृत्यु

विराटनगर । महेन्द्र राजमार्गत अन्तर्गत मोरङको बेलबारी नगरपालीका अन्तर्गत भाउनेको जङ्गलमा बिग्रिएर रोकेको ट्रकमा कार ठक्कर हुन पुग्दा एक जनाको मृत्यु भएको छ ।

बुधबार विहान को १ ख ८००४ नंं. ट्रकलाई पूर्वतर्फ जाँदै गरेका बा ११ च २४५८ नं. को कार अयन्त्रित भएर ठक्कर दिएको थियो । रोकिएको ट्रकलाई ठक्कर दिएपछि कारमा सवार झापाको दमक – ४ का राजीव बराइली मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

त्यसैगरी कार चालक बेलबारी १ का २२ वर्षीय सन्दीप लामिछाने गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए । उपचार बेलबारी अस्पतालमा भइरहेको छ । कारमा सवार राजीव बराईलीको उपचारको क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको थियो ।
प्रहरीले ट्रक चालक धनकुटा घर भएका ३९ वर्षीय विशाल विकलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्