बेलवारीमा सवारी दुर्घटनाहुँदा १ जनाको मृत्यु

बेलवारीमा सवारी दुर्घटनाहुँदा १ जनाको मृत्यु

विराटनगर । मोरङको बेलवारी नगरपालिका-८ पूर्व पश्चिम राजमार्गमा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

बुधबार बिहान करिब ७ बजे पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ११ च २४५८ नम्बरको कार सडकमा रोकेर राखेको को १ ख ८००४ नम्बरको ट्रकमा अचानक ठोक्किदा कार चालक बेलवारी -१ का २२ बर्षीय संदिप लामिछाने र कारमा सवार दमक-४ का १४ बर्षीय राजु बराईली घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागी बेलवारी अस्पताल पठाईएको र बराईलीलाई थप उपचारको लागी नोबेल अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा नै बराईलिको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्