एकवर्षमा प्रदेश १ मा ५० हजार बिद्युत मिटर जडान

एकवर्षमा प्रदेश १ मा ५० हजार बिद्युत मिटर जडान

विराटनगर । प्रदेश १ मा आर्थिक वर्ष २०७८-२०७९ मा एकअर्ब ३९ करोड यूनिट बिद्युत खपत भएको छ । प्रदेशका २४ वितरण केन्द्रबाट १३ अर्ब ९४ करोड बराबरको बिद्युत बिक्री भएको हो । यो अघिल्लो वर्षको तुलनामा १८ करोड ६२ लाख यूनिट बढी हो ।

अघिल्लो आर्थिक वर्ष २०७७-०७८ मा भन्दा गत आर्थिक वर्ष १ अर्ब ६५ करोड रुपिँया बढीको बिद्युत बिक्री भएको छ । नेपाल बिद्युत प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरका प्रमुख राजन ढकालका अनुसार ५० हजार नयाँसहित बिद्युत उपभोग गर्ने सेवाग्राहीको संख्या ९ लाख ७ हजार पुगेको छ । बिद्युतीकरणको हिसाबले यो ९० प्रतिशत रहेको प्रमुख ढकालले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्ष २०७७-२०७८ मा बिद्युतीकरणको अवस्था ८६ प्रतिशत थियो ।

एकवर्षको अवधीमा ६०५ किलोमिटर दुरीमा ११ केभीए प्रशारण लाइन, दुईहजार ३५० किलोमिटरमा ग्राहस्थ्य प्रशारण लाइन विस्तार गरिएको छ । प्रदेशका सबै वितरण केन्द्र अन्तर्गत ६०५ वटा नयाँ ट्रान्सफर्मर नयाँ जडान गरिएको छ । एकवर्षको अवधीमा प्राधिकरणले खपत बिद्युत यूनिटबाट १३ अर्ब ३८ करोड रुपिँया संकलन गरेको छ । जुन जम्मा संकलन हुनुपर्ने रकमको ९५ प्रतिशत हो । यस अवधीमा २८ हजार ५०० ग्राहकको लाइन काटिएको प्रमुख ढकालले जानकारी दिनुभयो । जुन ४३ करोड बराबर हुन आउँछ । काटिएकामध्ये २५ हजार १२२ सेवाग्राहीले लाइन जोड्दा ३९ करोड ८५ लाख रुपिँया संकलन भएको थियो ।

सबैभन्दा बढी इलाममा लाइन काटिएको छ । इलामका ३ हजार ३८० जना ग्राहकको लाइन काटिएको थियो । मोरङको बेलबारी वितरण केन्द्र अन्तर्गतका २ हजार ४२८ जना ग्राहकको लाइन काटिएको थियो । प्रदेश १ मा चुहावटको दर १२ प्रतिशतबाट घटेर ११.७ प्रतिशतमा झरेको छ ।
प्रदेश १ का २८ उद्योगले वार्षिक ३ करोडभन्दा बढीको बिद्युत खपत गरेका छन् । यी उद्योगले एकवर्षको अवधीमा २ अर्ब ५७ करोड ७१ लख ८ हजार ४२३ रुपिँया बराबर महसुल रकम दाखिला गरेका छन् । प्रदेश १ मा सबैभन्दा धेरै विद्युत् खपत गर्ने उद्योग इटहरी वितरण केन्द्र अन्तर्गत रहेको रिलायन्स स्पिनिङ मिल छ । मिलले वार्षिक ५८ करोड २१ लाख ३३ हजार ३०३ रुपिँया बुझाएको छ । आरती स्ट्रिप्सले २४ करोड ७९ लाख, पशुपति आइरन एण्ड स्टिलले ३७ करोड ३४ लाख, स्वस्तीक रोलिङ मिलले १२ करोड २० लाख, उदयपुर सिमेन्ट उद्योगले १५ करोड ५६ लाख विद्युत् महशुल बुझाएका थिए ।

सुनसरीको इनरुवा वितरण केन्द्रबाट श्री बाबा पेपर मिल्स, अरविन्द पेपर मिल, धरान वितरण केन्द्रबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २ वटा लाइन, इटहरी वितरण केन्द्रको रिलायन्स स्पिनिङ मिल र अरिहन्त अटोगेरेसन प्रा.लि., उदयपुरको उदयपुर सिमेन्ट उद्योगले पनि वार्षिक ३ करोडभन्दा बढी मूल्यको विद्युत् उपभोग गर्दछन् ।

विराटनगर वितरण केन्द्र अन्तर्गत आरती स्ट्रिप्स, रघुपति जुटमिल, सिभम् प्लाष्टिक, नोबेल मेडिकल कलेज, एमएस नेपाल अल्ट्रा टेक सिमेन्ट प्रा.लि., सप्तकोशी सिमेन्ट, हुलास वायर, स्वस्तीक आयल, प्रिमियर वायर, कमला रोलिङ मिल, नेपाल दुर संचार संस्थान धेरै महसुल बुझाउनेमा पर्दछन् ।
झापाको धुलाबारीको सनराइन सिमेन्ट, धनकुटाको निगाले सिमेन्ट, दुहबी वितरण केन्द्र अन्तर्गतको पशुपति आइरन, स्वस्तीक रोलिङ, पशुपति सिन प्याक, अरिहन्त मल्टिफाइबर, प्रिमियर स्टिल, अरिहन्त पोलिप्याक लि., एसियन थाइ फुड्स र सनराइज पेपर मिल्स रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्