विराटनगर । मोरङको जहदा गाउँपालिका–२ बाट लागुऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जहदा गाउँपालिका–२ हरिनगरा क्षेत्रबाट लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले ३६ केजी गाँजा सहित स्थानीय २५ बर्षीय मुकेश गुरुङलाई पक्राउ गरेको हो । मंगलवार बिहान राती साँढे १२ बजे गुरुङले प्लास्टिकमा गाँजा प्याक गरेर सिमा क्षेत्रबाट भारत तर्फ लैजादै गरेको अबस्थामा पक्राउ परेका थिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।