पीउने पानीको शिलप्याक जारमा काठको टुक्रा, उद्योगमा खाद्य प्रविधीको शिलबन्दी

पीउने पानीको शिलप्याक जारमा काठको टुक्रा, उद्योगमा खाद्य प्रविधीको शिलबन्दी

विराटनगर । विराटनगर–१३ मा रहेको रुप्सन प्रशोधित पानी उद्योगबाट उत्पादन भएको ‘आस्वी’ ब्राण्डको पानी जारमा काठको टुक्रा भेटिएको छ । उपभोक्ताले खरिद गरेर घरमा लगेको पानीको जार भित्र काठको टुक्रा भेटिएपछि उद्योगमा शिलबन्दी गरिएको हो ।

विराटनगर–१३ थापा निवासका ४१ बर्षिय तिलक खड्काले खरिद गरेको पानीको जारमा आँखाले नै प्रष्ट देखिन सक्ने कालो खालको दाउरा देखिएको थियो । त्यसपछि खाद्य प्रविधी तथा गुणनियन्त्रक कार्यालय विराटनगरले उद्योगमा शिलबन्दी गरेको छ ।
उपभोक्ता खड्काले घर नजिकै रहेको मन्जुदेवी पासवानको चिया पसलबाट जार खरिद गरेका थिए । खड्काले घरमा जार खोल्ने बेलामा पानी भित्र काठको टुक्रा देखिएको थियो । त्यसपछि कम्पनीका संचालकलाई जारमा सिन्का भेटिएको जानकारी गराउँदा चासो नदिएएको खड्काले बताए ।

खड्काले पानीको जारमा मात्र नभई मिनिरल वाटरको बोतलमा समेत ढुसी जस्ते बस्तु भएको दावी गरेका छन् । पानीको जार र बोतलमा त्यस्तो वस्तु भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पानीको नमूना संकलन गर्नको लागी बरामद गरेको छ । त्यहाँ रहेको पानीको जारमा कुनै पनि उत्पादन मिती उल्लेख गरिएको छैन ।

खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य अनुसन्धान अधिकृतद्वय दिनेश सुवेदी , शंकर न्यौपानेले दुषित पानी भेटिएको पसलको अनुगमन गरेका थिए । अनुगन टोलीले पानीको सम्पुर्ण विवरण संकलन गरी ल्याव परीक्षणको लागी नमूना संकलन गरेको छ ।
यता खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयले विराटनगर १३ मा रहेको रुप्सन प्रशोधित पानी उद्योगमा पुगेर अनुगमन गरेको छ । विराटनगर १३ का प्रविन मण्डलले संचालन गर्दै आएको पानी उद्योगमा पटक पटक गल्ती भेटिएपछि उक्त पानी उद्योगमा शिलबन्दी गरेको हो ।

सोही उद्योगबाट उत्पादित पानीको बोतलमा केहीअघि मरेको माकुरा भेटिएको थियो । पुनः पानीको जारमा दाउरा र बोतलमा अखाद्य बस्तु भेटिएपछि उद्योगमा खाद्य प्रविधीले तत्काल शिलबन्दी गरेको छ । पानीको जारमा दाउरा र बोतलमा जालो जस्तो देखिएपछि शिलबन्दी गरिएको छ । यस अघि पनि माकुरा भेटिएपछि अनुसन्धानको प्रकृया नसकुन्जेल उद्योगलाई हाल शिलबन्दी गरिएको खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य अनुसन्धान अधिकृत शंकर न्यौपानेले जानकारी दिनुभयो ।

उता उद्योग संचालक मण्डलले भने आफुहरुबाट यस्तो गल्ती हुन नै नसक्ने बताए । ‘सुनियोजित रुपमा कसैले आफुलाई फसाउनको लागी षड्न्यत्र गरिरहेको छ,’ मण्डलले भने यस्तो त्रुटी त हुनसक्ने अवस्था छैन । उत्पादनमा उद्योग परिसरभित्रैबाट कैफियत सिर्जना गरेर बजारमा पठाउने वा बजारमा पुगेपछि अन्य विभिन्न प्रकारका योजना बनाएर उद्योगीलाई हतोत्साहित गराउने योजना समेत रहेको हुनसक्ने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्