रातको करिब एघार बजेको हुन्छ, सबैतीर चकमन्न भैसकेको हुन्छ । आवाजको नाममा त्यै आफ्नो कोठामा घुमीरहेको फेन कराएको मात्र सुनिन्छ । टेवलभरि किताबहरु छरपस्ट छन् ।
सबै मिलायाे भने करिब एक दर्जन जति किताब हुँदा हुन, त्यति थोरै किताबहरू पनि मिलाएर राख्न नसकेकोमा आफैँ अचम्मित हुन्छु। श्रावणको महिना हुन्छ, गर्मि निकै हुन्छ,झ्याल खाेल्छु अनि किताब मिलाउन तर्फ लाग्छु। त्यै किताबहरुको थुप्रोमा एउटा पुरानो साहित्यको किताब भेटीन्छ। किताबको पाना एक पछि अर्को गर्दै पल्टाउँदै जादा विगतका अविश्मरणीय यादहरु एकाएक आउन थाल्छ। स्कूल पढ्दा खेरीका ति अबिस्मरणिय यादहरू एकपछि अर्को गर्दै मानस्पटलमा फनक्क घुमेर जान्छन्। आहाँ कति रमाइला र आनन्दमय थिए ति दिनहरू घरी घरी मलाई तिनै दिनहरुमा फर्किन मन लाग्छ । तर अफ्सोस समय धेरै वितीसकेको छ। अब म चाहेर पनि त्यो दिनमा कहिलै फर्किन सक्दीन । यतिकैमा कितावको बीचभागबाट एउटा रङ्गीन खाम फ्यात भुइमा खस्छ । खाम भित्र आफ्नै नामकाे आफैले काेरेकाे अक्षर हरु नाचीरहेको देख्दा खाम भित्रको चिठ्ठि निकै वजनदार लाग्छ । आफ्नो नाम आफै दोहोर्याउदै पढछु।खमभित्र सेतो पानामा आफैले कोरेको आफ्नै जिवनको पहिलाे प्रेम पत्र रहेछ। आफूले आफ्नो याेवन अवस्थामा लेखेको पहिलो प्रेम पत्र पढ्न असाध्यै मन लाग्यो र मन मनै पढ्न थाले।
प्रियतमा,
धेरै धेरै सम्झना साथै अपार न्यानाे माया!
मेरी माया जीवनमा पहिलो प्रेमपत्र तिम्रो नाममा कोर्दैछु । तिम्रो न्यानो स्नेह र जुनि जुनि सम्म साथको आशमा। थाहाँ छ माया तिमीलाई आज म निकै लामाे समयकाे प्रयास पछि तिम्रै नामकाे याे पत्र लेख्दै छु।कयाैँपटक शब्दहरु काेर्दै मेटाउदै गरे,त्यसकाे कुनै लेखाजाेखा म आफैँ सँग छैन।खै किन हाे,आजभाेलि यस्ताे लाग्छ तिम्रो सम्बाेधनमा शब्दहरु पनि निकै कम आउँछन्।किनकि हरपल हरक्षण तिमी मेराे मन मस्तिष्कमा आउछाैँ।तिमी नै तिमी नजरभरी छाउँछाै।तिमीलाई नदेखु भनेर म कयाैपल्ट आखाँ बन्द गर्दै बिर्सीने काेसीस गर्छु।तर,बन्द आँखामा तिमी झन झन संग्लाे भएर आउँछाै।यी हरेक कुराहरुकाे निष्कर्षले आज मलाई महसुस गराएकाे छ कि म त प्रेममा डुबिसकेकाे रहेछु,हाे तिमी सगँकाे गहिराे प्रेममा। म दिनप्रती दिन जनानिदै तिम्रै मायामा डुब्दै छु र मलाई साहरा दिई बचाउने अब मात्र तिमी छाै याे संसारमा।मेराे समीपमा आएर मेराे निश्चल माया स्वीकार्छाै भन्ने आशा लिएकाे छु सानू!
म तिमी सगँकाे यस्ताे प्रेममा डुबेकाे छु जसकाे कुनै सीमा छैन,जसकाे कुनै अन्त्य छैन जहाँ विश्वास छ,इज्जत छ,सम्मान छ अनि एक अर्कालाई पाउने आस।सानु! भन्छन्,माया बस्न मात्र एक नजर नै काफी छ,सिर्फ एक नजर।तर म त्यसकाे प्रतिकार गर्थे,वाहियात ठान्थें।मनमनमा भन्ने गर्थे,याे त सब भन्ने कुरा मात्र हाे।अनि विश्वास गर्थे,यथार्थमा।अरुले गर्ने मायालु भावनाका कुरामा कहिल्यै विश्वास लाग्दैनथ्याे।तर अहिले आएर म गलत साबित भइरहेछु सानू!तिम्रा ती निर्मल नयनका सामु म झुके।पहिलाेपटक तिमीलाई भेट्दा लागेकै थिएन कि तिमीलाई जिवनमा फेरि-फेरि पनि भेट्छु।त्यसैले त मलाई याद नै छैन कि हामी दुईले पहिलाेपटक कहाँ र कहिले भेटेका थियाैँ भनेर।तिमिलाई याद छ भने मलाई पनि भन है प्रियतमा।अहँ,मलाई चै कति याद गर्ने काेसिस गर्दा पनि याद नै आउँदैन।बस अब त यही तिमी सगँकाे प्रेम सबथाेक बनेकाे छ।
प्रिय,तिम्रो एकै नजरले मैले आफूलाई गुमाएँ।म नचाहेरै पनि तिमितिर तानिएँ।तर तिमी त याे मेराे प्रेम बारे नै अनबिज्ञ छाै।अचम्म लाग्छ,किन हाे किन म तिमीसगँ आखाँ जुधाउन सक्दिन।मेराे आँखा अनायसै झुक्छन्,तिमी सामु किन हुँदा।मेराे जिउ आफ्सेआफ शिथिल हुन्छ तिम्रो समीपमा आउँदा।के तिमीलाई मेराे याे अवस्थाकाे आभास हुँदैन??माया! वा तिमी अनविज्ञ बनिरहेकी छाै जानीजानी?म तिम्रो निर्मल आखाँकाे सागरमा डुबुल्की मार्न चाहान्छु,हराउन चाहान्छु अनि भुल्न चाहान्छु आफुले आफैलाई।
प्रिय! मैले लिने हरेक सासमा तिम्रो प्रेमकाे मीठाे वासनाकाे अनुभव गर्छु म।मेराे मुटुकाे हर धड्कन तिम्रै नाममा धड्किरहेका हसन्छन्।के तिमीले सुनेकी छाै सानू मेराे दिल धड्केकाे आबाज?मेराे मन मस्तिसकमा प्रवाहित ती तरङ्ग तिम्रो मनसम्म आइपुगेका छन्?तर जेहाेस,म याे पत्र तिम्रो नाममा काेर्दैछु।एउटा झिनाे आशामा कि तिमीले एकदिन मेराे भावना अवश्य बुझ्ने छाै।मेराे मनकाे हजाराै सपना र चाहनाहरुलाई चिहान बन्न दिने छैनाै।तर,याे त मेराे आफ्नाे मनकाे आस न हाे,जुन पूरा हुनपनि सक्छ,नहुन पनिसक्छ।
माया,आजसम्म जिन्दगीमा समयसँगै बाँचे,एउटा टाइमटेबल बनाएर,तर जबदेखि तिमी मेराे जिन्दगीमा स्वर्गकी परी जस्तै बनेर आयाै,याे मेराे अधुराे जिन्दगिमा मिठास नै मिठास छाएकाे छ।आजसम्म जुन स्कुल लाईफमा म पर्फेक्ट सम्झेर बाँचिरहेकाे थिए,त्याे जिन्दगीमा तिमी एक्साइट्मेन्ट बनेर आयाै ।तिमी विश्वास गर या नगर मेराे माया समुन्द्र जस्ताे निर्मल र पवित्र छ,बादल जस्ताे शितल छ,वसन्त ऋतुकाे साैन्दर्य जस्ताे सुन्दर छ,गाेधुली साझँ जस्ताे शान्त छ अनि सुधा जस्तै अमर छ।तर मेराे मायालाई स्विकार गर्नु या नगर्नु त्याे त तिम्रो इच्छा काे कुरा हाे सानु।म त फेरि गाउँले,एक गरिव परिवारकाे एक्लाे छाेराे तिमीले स्वीकार्याै भने मेराे लागि संसारकाे सबैभन्दा धेरै र ठुलाे खुसी यही हुनेछ।
प्रिय,सत्रु कमाउने धन कहिल्यै ठूलाे हुदैन तर मित्र कमाउने मनलाई यसले कहिल्यै ठूलाे हुन पनि दिएन।त्यसैले हामीमा दुविदा छ।अन्तर्मनकाे यात्रामा निस्किएकाे दिन भ्रमकाे बादल फुट्ने छ अनिमात्र सत्यकाे झरी दर्कन्छ र सबैले प्रेमकाे सही शीतलता महसुस गर्नेछन्।म पनि त्यहीँ क्षणकाे प्रतीक्षामा छु तबसम्म तिमीले धैर्य गर्न सक्याै भने बचेकाे जिन्दगि रमाउन सकिन्छ।हैन भन्छाै भने त न आज सहज हुन्छ न भाेलिकाे समय नै उज्यालाे हुन्छ मेराे।प्रेमकाे कुन रंग चाहिँ आहा छ भन्न सक्छाै?म त प्रेमका हरेक किरण उज्यालाे देख्छु।हरेक पल म तिम्रो चमक आफ्नाे शक्ति बनाउन खर्च गरिरहेकाे छु।तिमी प्रेरणाकाे धाराे खाेल्ने गर तब म हारेका पाइला जित्दै निस्किन्छु।सुनकाे चुराले बाँधेर बन्धक बनाउने हैन,प्रेमकाे डाेरिले स्वतन्त्र पन्छी बनेर उढ्न सिकाउँछु।तिम्रो न्यानाे अङ्गालाेमा बाधिएर सात जुनी सङ्गै बिताउन चाहान्छु।
सानू,तिम्रो न्यानाे काखमा मेराे असीम माया जुनी जुनी भरलाई पाेखिदिनेछु छताछुल्ल हुने गरी अनि हराउने छु तिमीभित्रकाे तिमीमा।तिमीले मेराे पवित्र मायालाई अस्वीकारै गरेपनि म कदापी दु:खी हुने छैन।मलाई थाहाँ छ,मैले तिमिलाई निस्वार्थ प्रेम गरेकाे छु।मैले आफ्ना हरेक श्वासका झाेंक्का तिमीप्रती आजिवन समर्पित गर्ने अठाेट लिएकाे छु।मेराे मायामा कुनै स्वार्थ लुकेकाे छैन अनि मैले तिमीलाई जबर्जस्ती पाउने चेष्ठा गरेकाे पनि छैन।मेराे लागि प्रेम आत्मिय बन्धन हाे,जहाँ मनसँग मनकाे गहिराइ नापिन्छ र याे अटुट र अजम्बर रहन्छ।के तिमी मेराे याे मिठाे प्रेमकाे अनुराेध स्वीकार गर्छाै? के तिमी मलाई तिम्रो मायामा रम्ने हक दिन्छाै? म तिम्रो जवाफकाे पत्र पर्खिरहनेछु,अनि कालान्तरुम्म यही निस्वार्थ प्रेम गरिरहने छु।
प्रियतमा,
हरेक कुरा शब्दमा मात्र अभिव्यक्त नहुने रहेछन् र गर्न पनि नसकीने रहेछ।जति सके त्यती गरेकाे छु,याे प्रत्र तिमी आफूमात्र सुटुक्क पढ्नु है।भन्छन्:- "प्रेम लुकिछीपी लाएकाे मिठाे"।अरुले याे पत्र पढाेस,मैले तिमीलाई गरेकाे निश्चल प्रेम सस्ताे बनाेस:म कदापी चाहान्न।किनकि मलाई थाहाँ छ प्रेम देखाउनलाई गरिदैन,याे त केवल महसुस गर्ने कुरा हाे,अनुभूत गर्ने गराउने कुरा हाे सानू। जिन्दगीमा पहिलाे पटक अरुले जवर्जस्ती लेखाएकाे/पढाएकाे क,ख,ग र एक,दुई,तीन त भुल्न सकेकाे छुइन भने अझ आफैले कसैलाई लगाएकाे पहिलाे अजम्बरी माया लाई कसरी भुल्न सक्छु र म।
उहीँ तिम्रो मायाकाे भिकारी,
रिकेश निराैला
यति पत्र पढीसक्दा मायाकाे आँसुले मेराे गह भरिएकाे रैछ।अनि एक्कासी झसङ्ग भएर घडी हेर्दा रातकाे १२:२० भइसकेकाे रहेछ।अनि आफै साेचे,रात निकै ढल्की सक्याे अब पनि सुतिन भने आज रातिकाे अनिधाेले गर्दा भाेलिकाे दैनिकिमा असर पार्छ।भन्दै,त्याे पत्रलाई उनी सम्झेर अङ्कमाल गरे अनि चुम्न गर्दै त्यही मेराे प्याराे पुरानाे साहीत्यकाे किताब भित्र राखे।आफ्नाे चाेखाे र पवित्र मायाकाे कहानी अक्षर स्वरुप खाेपीएकाे त्याे पत्र लाई आफू बाट टाढा राखेर कहाँ निदाउन सकेथे र म।आफू सुत्ने ओछ्यानकाे सिराने मुनि राखे र त्यही ओछ्यान माथि पल्टीए।मायालु लाई नै सम्झेर खुसीले गद गद हुँदै पल्टिरहेकाे थिए,खै कति खेर निन्द्रा देवीकाे काखमा लुटुपुटु हुन पुगेकाे पत्तै भएन।