विपद्ले व्यवसायिक निरन्तरतामा पार्ने असर बारे विराटनगरमा उद्योगी–व्यवसायीलाई अभिमुखिकरण

विपद्ले व्यवसायिक निरन्तरतामा पार्ने असर बारे विराटनगरमा उद्योगी–व्यवसायीलाई अभिमुखिकरण

विराटनगर । विभिन्न प्रकारका विपद्ले उद्योग तथा व्यवसायिक क्षेत्रको निरन्तरतामा पार्ने दिर्घकालिन प्रभावबारे उद्योगी तथा व्यवसायिक र सरोकारवाला व्यक्तिहरुलाई अभिमुखिकरण गरिएको छ । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ समितिको आयोजनामा सोमबार विराटनगरमा आयोजित अभिमुखिकरणमा विपद्ले पार्ने असर र त्यसको रोकथामका लागि अपनाउन सकिने विधिहरुबारे उद्योगी तथा व्यवसायिक क्षेत्रका प्रतिनिधिहरुलाई जानकारी गराइएको हो ।

कार्यक्रममा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालिप्रसाद पराजुलीले विपद्को अवस्था आइसकेपछि भइरहेका विद्यमान व्यवस्था र सन्तुलनलाई असर पु¥याउने बताए । त्यसको ठुलो असर उद्योग व्यवसाय क्षेत्रमा पर्नसक्ने भएकोले विपद् अघि नै जोखिम न्यूनिकरण गर्नका लागि आवश्यक उपायहरुको खोजी गर्नुपर्ने बताए । विपद्बाट हुने जोखिमको असरलाई एउटै निकायले मात्रै बोक्न नसक्ने भएकोले जोखिम न्यूनिकरण गर्न सवै क्षेत्रको दायित्व समान रहने सचिव पराजुलीले उल्लेख गरे ।

उनले प्रदेश १ सरकारले चालु आर्थिक बर्षमा विपद्को जोखिम न्यूनिकरण, राहत तथा उद्दारका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए । साउन १८ उदयपुरको बेलका नगरपालिकामा कोसी नदी पश्चिमतर्फ पसेपछि विस्थापित बनेका नागरिकहरुका लागि प्रदेश १ सरकारले ९ हजार किलो चामलसहित दाल, नुन लगायतका आत्यावश्यक सामग्री वितरण गरिसकेको उनले बताए ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव शिवकुमार कार्कीले विपद्ले मुलुकको अर्थतन्त्रलाई नै असर गर्ने भएकोले उद्योगी व्यवसायी क्षेत्रमा त्यसबारे पर्याप्त ज्ञान सिपको आवश्यकता हुनुपर्ने बताए । उनले उद्योगहरुले विपद् जोखिम न्यूनिकरणका लागि योजना बनाएर काम गर्नुपर्ने सुझाव दिए ।

उद्योग बाणिज्य महासंघका पूर्व उपाध्यक्ष एवं विपद् व्यवस्थापन समितिका सभापति किशोर प्रधानले विपद्को समयमा उद्योगहरुलाई बचाउनका व्यवसायीहरु नै बढि सजग हुनुपर्ने बताए । उनले त्यसकै लागि अभिमुखिकरणका माध्यमबाट व्यवसायिक र अन्य सरोकारवाला क्षेत्रलाई महासंघले सहजीकरण गरिरहेको जानकारी दिए ।
कार्यक्रममा महासंघकी बरिष्ठ अधिकृत रजनी नेपाल र सहयोगी निकाय एसिया प्यासिफिक एलायन्सका कन्ट्री डाइरेक्टर ताई कामीकुराले विपद्को बेलामा व्यवसायिक क्षेत्रको निरन्तरताका लागि अपनाउनु पर्ने रणनीति र त्यसका लागि गर्नुपर्ने कामहरुबारे प्रस्तुतिकरणका माध्यमबाट जानकारी गराए ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले विपद्को बेलामा अन्य निकायहरु भन्दा पहिले राज्य तयार हुनुपर्ने बताए । उनले विपद्अघि नै गरिने तयारीले जोखिम न्यूनिकरणमा मद्दत पु¥याउने दाबी गरे । साथै निजी क्षेत्रले समेत विपद्को समयमा सहयोग गर्दै आइरहेकोले सरकारसँगको सम्बन्ध सकारात्मक हुनुपर्ने उनले बताए ।
कार्यक्रममा नेपाल भुकम्पीय जोखिममा विश्वको ११औं र चट्याङको प्रकोपबाट हुने जोखिमा ५औं स्थानमा रहेको जनाइएको थियो । ठुला विपद्का कारण व्यवसायिक क्षेत्र ध्वस्त हुने सम्भावना ४० प्रतिशत हुने र त्यस्तो जोखिमको २ बर्षभित्र आवश्यक टेवा दिन नसकिए थप २० प्रतिशत उद्योग व्यवसाय ध्वस्त हुनसक्ने जानकारी गराइएको थियो । विपद्को समयमा पनि व्यवसायिक क्षेत्रले निरन्तरता पाएको खण्डमा भने त्यहाँ काम गर्ने श्रमिक तथा कर्मचारीहरुको जीवनको सुरक्षा, घाटा कम हुने, विश्वसनीयता र प्रतिष्ठामा बृद्धि हुने, प्रतिष्पर्धात्मक वित्तीय लाभ प्राप्त हुने र सामाजिक उत्तरदायित्व समेत सहजै पुरा हुने जनाइएको थियो ।

कार्यक्रमका सभापति एवं महासंघ प्रदेश समितिका अध्यक्ष टिकाराज ढकालले विपद्को समयमा धनजनको क्षति बढ्ने भएकोले जोखिम पूर्वतयारी र असरको विश्लेषण गरेर मात्रै उद्योग व्यवसाय क्षेत्र अघि बढ्नुपर्ने सुझाव दिए । उनले विपद्पछि उद्योगधन्दा धरासायी हुने र त्यसबाट राज्यले राजश्वसमेत प्राप्त नहुने अवस्था सिर्जना हुने भएकोले सरकारले हरेक समयमा निजी क्षेत्रलाई सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।
एकदिने अभिमुखिकरण कार्यक्रममा प्रदेश नं. १ का उद्योग वाणिज्य संघ, प्रदेश सरकारका विभिन्न मन्त्रालयका विपत व्यवस्थापन हेर्ने अधिकृत, स्थानीय नगरपालिका, गाउंपालिकाका प्रतिनिधि, उद्योग व्यवसाय क्षेत्रका प्रतिनिधिहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको महाुंसंघ प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारीले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्