काम गर्ने परम्परागत शैलीले शिक्षा विधेयक ल्याउन ढिलाइ भयो : शिक्षामन्त्री पौडेल

<span class='c1'>काम गर्ने परम्परागत शैलीले शिक्षा विधेयक</span> <span class='c2'>ल्याउन ढिलाइ भयो : शिक्षामन्त्री पौडेल</span>

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफूले संसद्को यही कार्यकालमा सङ्घीय शिक्षा विधेयक ल्याउन चाहेको तर काम गर्ने परम्परागत शैलीले गर्दा ढिलाइ भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा मन्त्री पौडेलले शिक्षा मन्त्रालयमा कुनै पनि शिक्षासम्बन्धी विधेयक हाल प्रक्रियामा नरहेको बताउनुभयो । उहाँले प्रतिनिधिसभाको समयावधि सकिएपछि राष्ट्रियसभामा लगेर भए पनि शिक्षा विधेयक शून्यमा पुग्ने अवस्था नआउने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “कानूनका विज्ञसँग सल्लाह गर्दा राष्ट्रियसभामा लैजानका लागि सल्लाह आएको छ ।” मन्त्री पौडेलले गत वर्ष चार सय २२ जनाले नर्सिङ पढ्न भर्ना भएको जानकारी दिँदै नेपालमा प्यारामेडिसिन र नर्सिङ पढाइमा समस्या रहेको बताउनुभयो । ख्वप विश्वविद्यालय र नेपाल विश्वविद्यालय विधेयकअघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

सांसदहरु योगेशकुमार भट्टराई, गिरिराजमणि पोखरेल, मीनबहादुर विश्वकर्मा, सरिता न्यौपाने, नवीना लामा, हितबहादुर तामाङ र रेखाकुमारी झाले कैलालीको गेटा मेडिकल कलेज र भक्तपुरको खोप इन्जिनियरिङ कलेजलाई विश्वविद्यालय बनाइनुपर्ने र नेपाल विश्वविद्यालय ऐन अघि बढाउन शिक्षा मन्त्रालय तत्पर हुनुपर्ने धारणा राख्नुभयो । सङ्घीय शिक्षा ऐन नहुँदा शैक्षिक क्षेत्र अन्योलमा परेकाले ऐन तत्काल ल्याइनुपर्नेमा उहाँहरुको जोड थियो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्