युग सुहाउँदो विकासको मोडेल आवश्यक : अध्यक्ष दाहाल

<span class='c1'>युग सुहाउँदो विकासको मोडेल</span> <span class='c2'>आवश्यक : अध्यक्ष दाहाल</span>

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको मौलिकताका आधारमा विकासको मोडल बनाउनुपर्ने बताउनुभएको छ ।

कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आज आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले युग सुहाउँदो विकासको मोडेल बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

अध्यक्ष दाहालले देशको स्थायित्व र समृद्धिका निम्ति सम्पूर्ण तागत लगाउन आवश्यक रहेको उल्लेख गर्दै नेपालको कला संस्कृति र प्रकृतिको विविधतालाई सदुपयोग गर्दै समृद्ध नयाँ नेपाल बनाउनुपर्ने बताउनुभयो । नेपालको इतिहास र प्रकृति गर्व गर्न लायकको रहेको भन्दै उहाँले देशको मौलिकताका आधारमा विकासको मोडल बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

“नेपालको विकासको मोडल नेपालकै मौलिकतामा जनता खुसी र सुखी हुने खालको हुनुपर्छ”, उहाँले भन्नुभयो । नेपाल कला, साहित्य, संस्कृति, अध्यात्मको भूमि भनेर विश्वमा परिचित रहेको भन्दै अध्यक्ष दाहालले नेपालको विकास भौतिक मात्र नभई देश र जनताको भावना समेटेर विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्