देश हामीले आफैँ बनाउने हो : अध्यक्ष ओली

देश हामीले आफैँ बनाउने हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो देश आफैँले बनाउनुपर्ने बताउनुभएको छ ।

अखिल नेपाल महिला सङ्घ युवा सञ्जालले आज यहाँ आयोजना गरेको ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा उहाँले कुनै पनि देश अर्काले नबनाइदिने र आफैँले बनाउनुपर्ने बताउनुभयो । “कुनै पनि देश अर्कैले बनाइदिएको छैन । आफँैले बनाएर बनेको छ”, उहाँले भन्नुभयो, “हामी पनि हाम्रो देश बनाउन आफैँ लाग्नुपर्छ । हामीले अनावश्यक गफ दिएर हँुदैन । ”

उहाँले चीनजस्तो ठूलो देश पनि तीन चार दशक अगाडि गरिब रहेको र आफ्नै मिहिनेतले अहिले समृद्ध बनेको बताउनुभयो । “चीन तीन/चार दशक अगाडि गरिब थियो । तीन/चार दशकमा ठूलो जनसङ्ख्यालाई कसरी खुवाउन सक्छ भन्ने थियो”, उहाँले भन्नुभयो, “आफ्नै खुट्टामा उभिएर चीन बनेको हो । चीनजस्तो ठूलो देश बनाउन सकिन्छ भने हाम्रोजस्तो सानो देशलाई चिटिक्क र समृद्ध बनाउन हामी पनि सक्छौँ ।”

पूर्वप्रधानमन्त्री ओलीले महिला आन्दोलन, महिला सशक्तीकरण, महिला जागरणलाई गलत बाटोतिर जान दिनु नहुने भनाइ राख्नुभयो । समाजलाई सभ्य सुसंस्कृतिको बाटोमा लैजान महिला आन्दोलन आवश्यक रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले नेपाली महिलाहरू इतिहासमा अग्रगामी स्थानमा भए पनि तीन/चार सय वर्षयता महिलालाई पछि पार्न थालिएको बताउनुभयो । उहाँले राजनीतिमा महिलाको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्