फिफा विश्वकप २०२२ का लागि २४ लाख ५० हजार टिकट बिक्री

फिफा विश्वकप २०२२ का लागि २४ लाख ५० हजार टिकट बिक्री

कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि आयोजकले २४ लाख ५० हजार टिकट बिक्री गरेको फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ ।

जसमध्ये जुलाई ६ देखी १६ सम्मको पहिल्लो बिक्री अवधिमा भन्दा अहिले ५ लाखभन्दा बढी बिक्री भएको जनाइएको छ ।

फिफाका अनुसार समूह चरणमा क्यामरुनविरुद्ध ब्राजिल, ब्राजिलविरुद्ध सर्बिया, पोर्चुगलविरुद्ध उरुग्वे, कोस्टारिकाविरुद्ध जर्मनी र अष्ट्रेलियाविरुद्ध डेनमार्क जस्ता खेलका लागि सबैभन्दा बढी टिकट छुट्याइएको छ ।

“कतार, साउदी अरेबिया, अमेरिका, मेक्सिको, संयक्त अरब इमिरेट्स, इङ्गल्याण्ड, अर्जेन्टिना, ब्राजिल, वेल्स र अष्ट्रेलियामा बसोबास गर्ने समर्थकहरूले सबैभन्दा धेरै टिकटहरू सुरक्षित गरेका छन्,’’ फिफाले जनाएको छ ।

अर्को चरणको टिकट बिक्री खुला सेप्टेम्बरको अन्त्यमा घोषणा गरिने फिफाले बताएको छ । अन्तिम चरणको बिक्री पश्चात कतारको दोहामा ‘ओभर–द–काउन्टर’ बिक्री पनि सुरु हुने फिफाले बताएको छ ।

फिफाले विश्वकपको उद्घाटन खेल पूर्व निर्धारित सयमभन्दा एक दिन आगाडि सारेको छ । जसअनुसार आयोजक राष्ट्र कतारले नोभेम्बर २० आइतवार इक्वेडरबिरूद्धको खेलबाट प्रतियोगिता सुरु हुनेछ ।

मध्यपूर्वमा आयोजना गरिएको यो पहिलो विश्वकप हुनेछ । यस क्षेत्रको चर्को गर्मीबाट बच्न विश्वकपको नियमित जुन–जुलाई तालिका परिवर्तन गरी नोभेम्बर–डिसेम्बरमा सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्