सप्तरीमा बेवारिसे शव फेला

<span class='c1'>सप्तरीमा बेवारिसे</span> <span class='c2'>शव फेला</span>

सप्तरी । सप्तरीमा आज एक बेवारिसे शव फेला परेको छ । तिलाठी कोइलाडी गाउँपालिका–८ तोपा र राजविराज नगरपालिका–१४ पर्साहीको बीचमा कोसी नहरमा पुरुषको शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

कोसी नहरको १३ नम्बर गेटको उत्तरबाट पहिलो ढोकामा नाम, थर ठेगाना नखुलेको एक व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । परीक्षण र शनाखतका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा शव राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्