संसद बैठक : शोक प्रस्ताव पारित

<span class='c1'>संसद बैठक :</span> <span class='c2'>शोक प्रस्ताव पारित</span>

काठमाडौं । प्रतिनिधिसभाले सभाका सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभाको आजको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो । बैठकमा गिरीको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौनधारण गरिएको थियो । यसैगरी राष्ट्रिय सभाको बैठकले पनि सांसद गिरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

सिरहाको बस्तीपुरमा जन्मिनुभएका प्रतिनिधिसभा सदस्य गिरीको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा यही भदौ ४ गते शनिबार राति ९ः३० बजे निधन भएको थियो ।

गिरी नेपाली कांग्रेस पार्टीबाट २०५१ सालको प्रतिनिधिसभाको निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित सदस्य, विसं २०६२÷६३ को जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभा सदस्य, विसं २०६४ र विसं २०७० मा संविधानसभा सदस्य र विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा सिरहाबाटै निर्वाचित हुनुभएको थियो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्