नेपाली क्रिकेट टिम सोमबार अपरान्ह केन्यातर्फ, यस्तो छ खेल तालिका

नेपाली क्रिकेट टिम सोमबार अपरान्ह केन्यातर्फ, यस्तो छ खेल तालिका

नेपाली राष्ट्रिय क्रिकेट टिम टी-२० र एकदिवसीय सिरिज खेल्न केन्यातर्फ प्रस्थान गरेको छ। नेपाली टिम सोमबार अपरान्ह केन्यातर्फ गएको हो।

केन्या बसाइका दौरान नेपालले पाँच खेलको टी-२० सिरिज खेल्नेछ। यस्तै नेपाल र केन्याबीच तीन खेलको एकदिवसीय सिरिज पनि हुनेछ।

नेपालका नयाँ प्रशिक्षक मनोज प्रभाकरका लागि यो पहिलो सिरिज हुनेछ। गत महिना नेपाली टिमको प्रशिक्षक नियुक्त भएका प्रभाकरका लागि सिरिजमा नेपाली टिमको कमजोरी पत्ता लगाउने अवसर हुन सक्छ।

केन्या पाँच पटक क्रिकेट विश्वकप खेलिसकेको टिम हो। केन्याले चार पटक एकदिवसीय विश्वकप र एक पटक टी-२० विश्वकप खेलेको थियो।

केन्या सन् २००३ को एकदिवसीय विश्वकपमा सेमिफाइनलमा पुगेको थियो। पछिल्लो पटक सन् २००७ को टी-२० विश्वकप खेलेपछि भने केन्याले छनोट भएको छैन।

कुनै समय राम्रो लयमा रहेको केन्या पछिल्लो समयले एसोसिएट देशको दोस्रो डिभिजनको लिग च्यालेन्ज लिग खेलिरहेको छ।

सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बासिर अहमेद, अर्जुन साउद, पवन सर्राफ, सहाब अलाम, किशोर महतो, विवेक यादव

टी-२० सिरिज 
पहिलो टी-२० :  अगस्ट २५
दोस्रो टी-२० :  अगस्ट २६
तेस्रो टी-२० :  अगस्ट २८
चौथो टी-२० :  अगस्ट २९
पाँचौ टी-२० :  अगस्ट ३०

एकदिवसीय सिरिज 
पहिलो एकदिवसीय :  सेप्टेम्बर २
दोस्रो एकदिवसीय : सेप्टेम्बर ३
तेस्रो एकदिवसीय : सेप्टेम्बर ५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्