बिमा रकमको लोभमा बन्दको मौका छोपी आफ्नै बिग्रेको टिप्परमा आगजनी

<span class='c1'>बिमा रकमको लोभमा बन्दको मौका</span> <span class='c2'>छोपी आफ्नै बिग्रेको टिप्परमा आगजनी</span>

दाङ । बिमा रकमको लोभमा परी दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी चालक र सहचालकले आफ्नै टिप्परमा आगो लगाएका छन् ।

चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ । घोराही-लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको प्रहरीले जनाएको छ ।

विभिन्न चार राजनीतिक दलले आह्वान गरेको बन्दको मौका पारी मंगलबार बिहान गाडीमा आगजनी भएको देखेपछि चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा टिप्परका मालिकको सहमति अनुसार बिग्रेको टिप्परमा आगजानी गरेको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ । टिप्पर मालिकको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । बिमा रकमको पाउने लोभमा बिग्रेको टिप्परमा आगजनी गरेको देखिएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्