नेपाल र केन्याबीचको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट आज

नेपाल र केन्याबीचको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट आज

ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आईसीसी वरीयाता सुधार लक्ष्यसाथ केन्या भ्रमणमा निस्केको नेपाली टोलीले आज घरेलु टोलीसँग खेल खेल्दै छ ।

नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याविरुद्ध पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । नेपालले केन्यामा पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रिय र तीन एकदिवसीय खेल खेल्नेछ ।

केन्या र नेपालबीच खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ । नेपालले यसअघिको दुई ट्वान्टी–२० खेलमा केन्यालाई हराएको छ । तथापि, ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र केन्या पहिलोपटक खेल्न लागेका हुन् ।

यो खेल राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरका लागि पहिलो खेल हो ।

यसअघि, २०१२ को आईसीसी ट्वान्टी–२० विश्वकप छनोटका क्रममा नेपाल र केन्याको पहिलो पटक आमने सामने भएका थिए । २०१४ को ट्वान्टी–२० विश्वकप छनोटमा नेपाल र केन्याबीच दोस्रो पटक प्रतिस्पर्धा भएको थियो । २०१४ मा नेपालले विश्वकप खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्