एसिया कप क्रिकेट आजबाट सुरु हुँदै

एसिया कप क्रिकेट आजबाट सुरु हुँदै

एसिया कप २०२२ शनिबारबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा श्रीलंका र अफगानिस्तानको टोली आमनेसामने हुनेछन् ।

श्रीलंकाको कप्तानी दासुन शनाकाले गर्नेछन् भने अफगानिस्तानको कप्तानी मोहम्मद नाबीले गर्नेछन् । श्रीलंका र अफगानिस्तानबीच हालसम्मको एक मात्र टी२० खेल २०१६ को टी२० विश्वकपमा खेलिएको थियो जहाँ श्रीलंकाले जितेको थियो।

तर, वर्षौंदेखि अफगानिस्तानको टोलीले आफूलाई सुधार्न कडा मेहनत गरेको छ र उनीहरूसँग क्रिकेटको छोटो ढाँचामा ठूलो फरक पार्ने क्षमता छ। यो खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्