नेपाल-केन्या चौथो ट्वान्टी–२० किकेट आज , नेपाललाई सिरिज जित्ने मौका

नेपाल-केन्या चौथो ट्वान्टी–२० किकेट आज , नेपाललाई सिरिज जित्ने मौका

केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीविरुद्ध चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्दै छ ।

पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाल २–१ ले अगाडि छ । आइतबार सम्पन्न तेस्रो खेलमा चार विकेटको विजय हासिल गरेपछि नेपालले २–१ को अग्रता लिएको हो । नेपाल पहिलो खेलमा पनि पाँच विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो ।

दोस्रो खेल हारेसँगै ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा वरीयाता सुधार गर्ने लक्ष्यसहित केन्या पुगेको नेपाली टोलीलाई धक्का लागेको छ ।

नेपाल र केन्याबीचको खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । घरेलु टोली केन्या आज शृंखला बराबरी गर्ने लक्ष्यमा हुनेछ । नेपाल भने एक खेलअगावै शृंखलामाथि पकड जमाउने लक्ष्यमा छ ।

ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलापछि नेपालले केन्यामा तीन खेलको एकदिवसीय शृंखला खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्