विराटनगरका विद्यालयमा ‘हेडमीस’, पुरुषले सम्हाल्नै नसक्ने विद्यार्थीको जिम्मेवारी

विराटनगरका विद्यालयमा ‘हेडमीस’, पुरुषले सम्हाल्नै नसक्ने विद्यार्थीको जिम्मेवारी

विराटनगर । विराटनगर–३ स्थित विराट महेन्द्र रात्री माध्यमिक विद्यालयमा दिवा र रात्रीकालिन अध्ययन अध्यापन हुन्छ । कक्षा १–५ दिवा र ६–१० को साँझ ५ बजेदेखि राती ९ बजेसम्म पढाई हुँदै आएको हो ।
दिनभरी मजदुरी गरेर बेलुका विद्यालय पढ्न चाहने विद्यार्थीका लागि रात्रीकालिन विद्यालय सञ्चालन गरिएको छ । रात्रीकालिन भएकोले ‘टिफिन टाईम’ छैन । अन्य विद्यालयसँग तुलना गर्न नमिल्ने विराट महेन्द्रको जिम्मा महिला प्राध्यानाध्यापक दुर्गा निरौलाले सम्हाल्दै आउनु भएको छ ।

विराटनगर–५ मा रहेको विराट बहिरा आवसिय माध्यमिक प्रदेशस्तरमै फरक क्षमता भएका विद्यार्थी अध्ययन गराउने विद्यालय हो । विद्यालयमा १–१२ कक्षा अन्तर्गत ९–१२ मा प्राविधिक धार अन्तर्गते सिभिल इन्जिनियरिङ्गको पढाई २०७२ सालदेखि सुरु भएको छ । यो विद्यालयबाट बहिरा र सुस्तश्रवण भएका १५ जना विद्यार्थीले यसवर्ष सिभिल इन्जिनियरिङ्गतर्फको कक्षा १२ उत्तिर्ण गरे । देशभरका २२ जिल्लाबाट २३२ जना विद्यार्थी अध्ययन गर्दै आएको विराट बहिरा मा.वि.मा मीनु अधिकारीले २०६८ सालदेखि प्रध्यानाध्यापकको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।

विराटनगर महानगरपालिका भित्रका सात विद्यालय महिला प्रध्यानाध्यापकले सम्हाल्दै आउनु भएको छ । व्यवस्थापनमा असजिलो र अफ्ठ्यारो भएका यस्ता विद्यालय महिलाको जिम्मेवारीमा छन् । जसको सञ्चालन कठिन र जटिल भएपनि सहजै चुनौतीसँग सामना गर्ने क्षमता महिला प्रध्यानाध्यपकमा छ ।
‘सजिलो र अफ्ठ्यारो दुवै छन्’ विराट बहिरा आवासिय विद्यालय प्रअ अधिकारीले भन्नुभयो–जागिर खान भन्दा सेवा गर्ने मनसाय राखेर यहाँ आउनुपर्छ । विद्यालयको छात्रावासमा २१० जना विद्यार्थी आवासीय छन् । उनीहरुको दैनिकी व्यवस्थापन, छात्रा र छात्रबीचको हेलमेल र अन्तघुलनको सन्तुलन मिलाउन घरको काम बिर्सनु पर्ने चुनौती रहेको प्रअ अधिकारीको भनाई छ । छात्रावासमा बस्ने बालबालिकाको रेखदेखमा विशेष सतकर्ता अपनाउनु पर्ने भएकोले १० जना कमचारी विद्यालयको आन्तरिक स्रोतबाट राखिएको छ । विद्यालयमा शिक्षक र प्रशिक्षक गरेर २२ जना हुनुहुन्छ ।

प्रअ अधिकारीका अनुसार फरक क्षमता भएका विद्यार्थीका लागि सरकारले प्रतिमहिना चारहजार छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । त्यस बाहेक विद्यालयको भौतिक संरचना निर्माण छात्र–छात्रा आवासिय भवन निर्माणका लागि प्रअको हैसियतमा अधिकारीले दाता र स्थानीय तहसँग सहयोग लिन सफल हुनु भएको छ ।
विराट महेन्द्र रात्री माध्यमिक विद्यालयका प्रअ निरौलाको अनुभव पनि उस्तै छ । विद्यालयको सेवा क्षेत्र फरक छ । औद्योगिक करिडोर अन्तर्गतका विराटनगर, कटहरी, बुढीगंगा र सुनसरीको दुहबीसम्मका विद्यार्थी अध्ययनरत विद्यालयलाई विशेष दृष्टिकोणले हेर्नुपर्ने भएपनि सरोकारवालाको चासो न्यून रहेको उहाँको गुनासो छ । आवश्यकता बुझ्न नसक्दा रात्रीकालिन पढाईबाट छात्राहरु बन्चित हुँदै गएका छन् । छात्राहरुलाई राती घरघरमा छोड्ने यातायातको सुविधा दिन जरुरी रहेपनि त्यसको मर्म बुझन् व्यवस्थापन समिति, शिक्षक र स्थानीय तह गम्भीर छैनन् ।

समस्याग्रस्त विद्यालय सम्हाल्ने जिम्मेवारी महिलाले लिएको भन्ने मर्म बुझ्न नसक्दा दैनिक आवश्यकता धान्न समस्या झेल्नु परेको विराटनगर–१२ स्थित सयपत्री परोपकार आधारभूत विद्यालय प्रअ सीता दाहाल बताउनुहुन्छ । अतिविपन्न परिवारका बालबालिका अध्ययन गर्ने भएकोले दैनिक लिन घरघर पुग्नुपर्ने अवस्थाका विद्यार्थीलाई विद्यालयमा उपस्थित गराउनै हम्बे पर्ने गरेको उहाँको दावी छ । कक्षा १–४ रहेको विद्यालयमा ९५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । तीमध्ये कतिपय विद्यार्थी खान नपाएकै कारण विद्यालय आउँदैनन् ।

पढाई श्रृंखला टुटाएर विभिन्न घटनामा संलग्न बालबिज्याँई आररोपमा बाल सुधार गृहमा बसेका बालबालिका विराटनगर–३ स्थित बाल सुधार गृह माध्यमिक विद्यालयमा पढ्दै आएका छन् । यस्ता बालबालिका २०० को हाराहारीमा अध्ययनरत विद्यालयको प्रध्यानाध्यापकमा फूलमाया प्रसाँई हुनुहुन्छ । सञ्चालन र व्यवस्थापनमा चुनौती रहेको बाल सुधार माध्यमिकका बालबालिकालाई पढाईमा लगाउन कठिनाई झेल्दै आउनु भएको छ । तीनवर्ष अगाडीदेखि सञ्चालनमा आएको विद्यालयमा कक्षा ४–१० सम्म अध्ययनअध्यापन हुने गरेको छ । बालबिज्याँईमा परेका बालबालिकाको शैक्षिक गुणस्तर उकास्न कठिनाई भएपनि शिक्षाको महत्व बुझाउँदै पढाई मनोविज्ञानको विकास गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले विशेष प्रकृतिका विद्यालयमा विषयगत ज्ञान जरुरी पर्ने भएकोले महिला प्रअलाई जिम्मेवारी दिइएको बताउनुभयो । उहाँले विशेष प्रकृतिका विद्यालय सामान्य विद्यालय भन्दा भिन्न हुने भएकोले तुलना गर्न नमिल्ने गरि जिम्मेवारी पूरा भईरहेको बताउनुभयो ।
महाशाखा प्रमुख खतिवडाका अनुसार विराटनगरमा माध्यमिक बाहेक शहिद आधारभूत, आधारभूत विद्यालय कोचाखाल र जनता बाल कल्याण आधारभूत विद्यालयमा महिला प्रध्याानाध्यापक हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्