विराटनगर आएपछि १४ उद्योगका मालिक बने पवन शारडा

<span class='c1'>विराटनगर आएपछि १४ उद्योगका</span> <span class='c2'>मालिक बने पवन शारडा</span>

सिराहा, लाहानको पुरानो उद्योगी परिवारबाट २०४७ सालमा विराटनगर ओर्लेका उद्योगी पवन शारडा सबैका नजरमा पर्छन् । उद्योगको कर्मसँगै उनी सरकारले चाहेका बेला ‘क्राइसिस मेनेजमेन्ट’ का अगुवा भएर काम गर्दै आएका व्यक्ति गनिन्छन् ।

कोभिड–१९ संक्रमणको जोखिम उच्च रहेको बेला विराटनगरमा उनकै नेतृत्वमा कोभिड अस्पताल विस्तार भएको दृष्टान्तले उनलाई सामाजिक क्षेत्रमा क्रियाशिल उद्योगीको रुपमा थप परिचय दिलाएको छ । त्यस बाहेक उनका सामाजिक कार्य धेरैछन् ।

२०१७ सालमा लहानमा जन्मेका उनी एसएलसीपछि भारतमा पढ्न गए । स्नातकसम्मको अध्ययनपछि उनी लहान फर्के । सप्तरीदेखि जनकपुरसम्म बुबा स्व.दुरिचन्द्र शारडाले स्थापना गरेका चामल र तेलका १५ उद्योग थिए । त्यहि उद्योगको उत्पादन भारतको केरलासम्म निर्यात गर्ने काममा लागे । त्यस बाहेक कपडा उद्योग समेत थियो ।
विस्तारै नेपालको खाद्यन्न उत्पादन घट्दै गयो, भारतमा बढ्दै । निर्यात व्यापार आयातमा परिणत भएपछि शारडाले नयाँ सोच लिएर विराटनगर आउनु परेको थियो । औद्योगिक क्षेत्र विराटनगरलाई रोजेर आएपछि उनको परिवारले पायनियर वायर र केवलको उद्योग सुरु ग¥यो । त्यो २०४७ सालमा स्थापना भएको थियो । संयुक्त शारडा परिवारको एउटै कर्पोरेट हाउस २०५४ मा अशंबण्डा भयो । पायनियर वायर र केवल अर्को भागमा प¥यो ।

त्यसपछि पवन सम्मिलित शारडा ग्रुपको नेतृत्व शिवरतनले गरे । उनको समूहमा पवनसहित राधेश्याम, श्रीनिवास, सन्दिप, प्रदिप, अमित, गौरव र सौरभ गरि नौजना भए । अहिले यहि नौजनाको समूहको शारडा ग्रुपमा पवन डाइरेक्टर छन् । यो ग्रुपले १४ उद्योग सञ्चालन गर्दै आएको छ । राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको छ । शारडा ग्रुपले सञ्चालन गरेका उद्योगमा मात्रै आठ हजारले रोजगारी पाएका छन् । वार्षिक १४० अर्ब बराबरको कारोबार गर्दै आएको छ ।

उत्पादन उद्योगतर्फ मदिरा, वेभरेज, विस्कुट÷कन्फेक्शनरी, सिमेन्ट, पिठो, फुटवेयर, नुडल्स÷स्न्याक्स, तेल÷घ्यू, अक्सिजन, प्लाष्टिक, पल्स र रबर छन् । ट्रेडिङ्गमा अटोमोवाइल, निर्माण इक्यूपमेन्ट, इलेक्ट्रीक÷इलोक्ट्रोनिक्स, जेनसेट, मोवायल, टुल्स एण्ड ट्रयाक्स, वाइन÷स्प्रिटको कारोबार गर्दै आएको छ । त्यस बाहेक बैंक तथा वित्तीय क्षेत्र र हाइड्रोपावर लगानीका क्षेत्र छन् ।

संयुक्त अभ्यासले ‘भ्याईनभ्याई’ लाई सहज
७० वर्षदेखि उद्योगसँग नाता जोडिएको शारडा परिवार संयुक्त अभ्यासमा विश्वास गर्दै आएका छन् । ‘भ्याईनभ्याई’ हुन्छ तर कामको बाँडफाँडले सबैको जिम्मेवारीलाई बोध गराउँछ, पवन शारडाले भने–हामी हरेक काम संयुक्त पहलमा अगाडी बढाउँदै आएका छौं । उनको बुझाईमा भारतले त्यहाँका नागरिक र उद्योगीको विषयमा चाँडो सोच्ने तर नेपालमा सरकारलाई सोच्नुपर्छ भन्नुपर्ने अवस्था छ । भारतले गहुँ निर्यात प्रतिबन्ध लगाएको, धानमा २० प्रतिशत महसुल लगाएको, चिनी निर्यातमा कडाई गरेको, कनिकामा प्रतिबन्ध लगाएको विषय नेपालका लागि पाठ सिक्न योग्य रहेको उद्योगी शारडाको भनाई छ । नेपालमा कृषि उत्पादनप्रति सरकारी चासो नबढे आगामी दिन अझै कठिन हुनसक्ने संभावना रहेको शारडाले दावी गरे ।

नीति बनाउने ठाउँमा निजी क्षेत्र
निजी क्षेत्रबाट गरिएको ठूलो लगानीको जिम्मेवारी पूरा गर्न राज्यका नीतिगत झमेला पनि उतिकै भोग्नु परेको शारडाको बुझाई छ । नेपालमा औद्योगिकरणको प्रक्रिया र आर्थिक क्रान्तिलाई अगाडी बढाउन योग्य राजनीतिक लिडरसीपको खाँचो परेको उनको बुझाई छ । पूर्वाधार विकास र रोजगारीको सिर्जनासँगै आत्मानिर्भर अर्थतन्त्र बढाउने योजना सरकारसँग नभए देशको अर्थतन्त्र समस्यामा पर्ने चिन्ता शारडाको छ । यसका लागि उनी संसदमा नीजि क्षेत्रको प्रतिनिधित्व बढाउन जरुरी ठान्छन् । अहिलेको समानुपातिक र समावेशीतालाई जातिय आधारमा नभई अब पेसागत आधारमा कन्भर्ट गरेर क्षेत्रगत रुपमा प्रतिनिधित्व बढाउन आवश्यक रहेको उनको बुझाई छ ।

विकास पार्टीगत हुन्न
विकास पार्टीगत अवधारणा नभएर राष्ट्रिय आवश्यकता भएको उनी ठान्छन् । राजनीतिक दलले विकासलाई पार्टीको मापदण्डको रुपमा मात्रै बुझ्दा समस्या बढेको पवनको बुझाई छ । नीति निर्माण गर्ने ठाउँमा निजी क्षेत्रको प्रतिनिधित्व बढाउनु पर्ने माग गर्दै उनले आगामी मंसिर ४ गतेको निर्वाचनका लागि आफ्नो नाम समानुपातिकमा सिफारिस भएको जानकारी दिएका छन् । उनले सबै राजनीतिक दलहरुले निजी क्षेत्रलाई सम्मानजनक ढंगबाट प्रतिधित्व गराउन सके नीतिगत सुधार हुनसक्ने दावी छ । शारडा संविधानसभा सदस्यको रुपमा प्रतिधिनिधत्व गरिसकेका व्यक्ति हुन् । मोरङ व्यापार संघका पूर्व अध्यक्ष समेत हुन् ।

निजी क्षेत्र स्वथ्य प्रतिस्प्रर्धामा
राजनीतिमा खिचातानी देख्ने शारडाले निजी क्षेत्रमा देखिएका उचारचढावलाई आ–आफ्नो हितको संरक्षण ठानेका छन् । उनले स्वथ्य प्रतिस्प्रर्धा आवश्यक रहेकोले पालो पर्खेर बस्नुपर्छ भन्ने मान्यता नरहेको बताएका छन् ।

विराटनगर विकासमा चासो
विराटनगरका उद्योगी व्यवसायीले यहाँको विकासमा टेवा दिन सक्नुपर्ने मान्यता उनको छ । यदि स्थानीय विकासमा सहयोगी बन्न नसक्ने हो भने आफ्नै ठाउँ जर्जर बन्ने बुझाई पवनको छ । विराटनगरमा औद्योगिक प्रदर्शनीस्थल, विशेषज्ञ सेवासहितको अस्पताल सरकारले बनाउनु पर्ने माग उनको छ । नागरिकलाई विशेषज्ञ (मुटु, टाउको, मृगौला) स्वास्थ्य सेवा सुलभ रुपमा दिनका लागि यस्ता अस्पताल सरकारी लगानीमा स्थापना हुनुपर्नेमा उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्