विराटनगरमा ‘राजखानी’ ले झुक्याउँछ, खसीको मासु पकाउँदा बाख्राका गन्ध

विराटनगरमा ‘राजखानी’ ले झुक्याउँछ, खसीको मासु पकाउँदा बाख्राका गन्ध

विराटनगर । विराटनगर महानगरपालिकाले माछा–मासु बिक्री गर्ने फ्रेस हाउसको अनुगमन सुरु गरेको छ । चाडपर्व नजिकएसँगै माछा–मासु पसलको स्वच्छता, सुरक्षित भण्डारण, मार हान्ने ठाउँदेखि, मासु टुक्राउने अचानोर खुकुरीसम्मको सरसफाईमा सचेत गराउन महानगरले अनुगमनलाई तिव्रता दिएको हो ।

फ्रेस हाउसको स्वच्छताको अभावमा मानवीय स्वास्थ्यमा पर्नसक्ने असरलाई ध्यानमा राखेर सुरु गरिएको अनुगमनमा मंगलबार विराटनगर–९ स्थित एक मासु पसलमा खसी भन्दै बाख्राको मासु बिक्री गरेको भेटिएको छ । महानगर नेतृत्वको टोलीले विराटनगर–९ स्थित पुरानो गुद्रीमा सञ्चालित सदाम मिट सेन्टर, अजय माछा–मासु पसल, रोयल खान फ्रेस हाउस, समा फ्रेस हाउस, खान फ्रेस हाउसलगायतमा अनुगमन गरेको हो ।

त्यसक्रममा खसीको भनेर बाख्राको मासु बिक्री गर्दै आएको फेला परेको महानगरका आर्थिक विकास महाशाखाका प्रमुख दीपक पौडेलले जानकारी दिनुभयो । उपभोक्तालाई झुक्याएर बाख्राको मासु पनि बिक्री गर्ने गरेको पाइएपछि बाख्रा र सडेगलेको कुखुराको मासु जफथ गरिएको छ । विराटनगरमा खसी भनेर बाख्राको मासु बिक्री गर्ने गरेको घटना यो नयाँ चाँहि हैन । बारम्बार दोहोरिरहने गलत कारोबारले उपभोक्ता झुक्किने क्रम पनि दोहोरो नै छ । बाख्रा काटेर खसीको राजखानी टाँसेर झुक्यार समेत कारोबार हुने गरिएको भन्दै महानगरले नगरवासीलाई सचेत रहन आग्रह समेत गरेको छ ।

अनुगमनका क्रममा त्यस्तो समेत छनक पाएका छौं, पौडेलले भन्नुभयो–यकिन गर्ने अवस्था नहुँदा त्यसै फर्केर निगरानी बढाएका छौं । उहाँले चाडपर्वमा बाख्रामा राजखानी टाँसेर खसीकै मूल्यमा मासु बिक्री गर्नेहरुको विषयमा सूचना रहेकोले त्यसै अनुसार निगरानीमा राखिएको जानकारी दिनुभयो ।
दशैंमा मासु बिक्री गर्दै आएका पे्रmस हाउसहरुले स्वच्छ र सफाईमा ध्यान दिनुपर्ने पहिलो शर्त राखिएको पौडेलले बताउनुभयो । उपभोक्तालाई झुक्याउने किसिमको कुनैपनि कार्य गरेको पाइएमा तत्काल कारवाही गरिने पौडेलले बताउनुभयो । अनुगमनका क्रममा सदाम मिट सेन्टरबाट कम तौल भएको ढक समेत बरामद गरिएको थियो । उक्त ढक समेत जपथ गरिएको छ ।

यस्तै दर्ता नविकरण समेत नगरी कारोबार गरिरहेका पसलहरुलाई दर्ता प्रक्रिया पूरा गरेर मात्रै कारोबार गर्न सचेत गराइएको छ । विराटनगरमा बाख्राको जीउमा खसीको राजखानी टाँस्ने विशेष प्रकारको फलामको अंकुश प्रयोग गरिन्छ । माछाको पासो बल्छीको टुप्पोमा भएको जस्तो अंकुश दुवैतर्फ राखेर बाख्राको शरीर र खसीबाट छुट्याएको राजखानीलाई जोडेर थाहा नपाउने बनाउने गरिएको छ । उपभोक्ताले राजखानी हेरेर मासु खरिद गर्दछन् । तर, मासु भने बाख्राको हुने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्