तारले जेलिएको विराटनगर मुक्त बनाउन छलफल

तारले जेलिएको विराटनगर मुक्त बनाउन छलफल

विराटनगर । विराटनगरमा जथाभावी तारको बोझ भएका पोल देखिन्छन् । बिद्युतका, टेलिकमका पोलमा निजी इन्टर प्रदायक र केवल टिभी कम्पनीका तारको बोझले पोल मात्रै नभई महानगरको सौन्दर्यलाई समेत खिचेको छ ।

अव्यवस्थित पोल प्रयोग गरेर सौन्दर्यकरणमा असर पार्ने मात्रै नभई पोल प्रयोगमा भ्रष्टचार समेत हुने गरेको छ । नेपाल बिद्युत प्राधिकरण र केवल तथा इन्टरनेट प्रदायक संस्थाबीच पोल संख्या कम देखाएर मिलेमतोमा सम्झौता हुने गरेको छ । जसका कारण प्राधिकरणले पाउनु पर्ने पोलको भाडा सबै पाउँदैन । कर्मचारीको खल्तीमा जाने गरेको छ ।

को सौन्दर्यकरणका लागि विराटनगर महानगरले केवल र नेटका तारलाई व्यवस्थित बनाउन छलफल सुरु गरेको छ । महानगरले केवल र नेट व्यवसायी र प्रतिनिधिलाई बोलाएर पोलमा लत्रिएका तारलाई तत्कालै व्यवस्थित बनाउन निर्देशन दिएको हो ।
महानगर मेयर नागेश कोइरालाले विराटनगरलाई सुन्दर, सफा र हराभरा बनाउने दायित्व सबैको भएकाले तारलाई व्यवस्थित बनाउन आग्रह गरेका छन् ।

तर, बाटोमा हिँड्दा घाँटीमा पासो बन्ने गरि टाँगिएका तारको व्यवस्थापन कहिलेसम्म हुनसक्छ भन्ने अझै यकिन छैन । ‘लत्रिएका तार काट्न पनि सक्थ्यौं, तर एकपटक तपाईंहरुलाई आग्रह गरौं भनेर हामीले बोलाएका हौं,” मेयर कोइरालाले बिहीबार प्रतिनिधिहरुलाई धम्कीपूर्ण तर नरम भाषामा सम्झाएका छन् ।

जथाभावी लत्रिएका तारका कारण सहरको सुन्दरतामा ह्रास आएको छ । तारलाई व्यवस्थित बनाउन महानगरका तर्फबाट पनि सहयोग गर्ने मेयर कोइरालाले बताएका छन् । लागि सहजीकरणको जिम्मेवारी इन्जिनियर अनिल सिंहलाई तोकिएको हो ।
पहिलो चरणमा सहरका मुख्य क्षेत्रका तार व्यवस्थित गर्ने गरी काम गर्न मेयर कोइरालाले निर्देशन दिए । सुन्दर, सफा र व्यवस्थित गर्ने विषयमा कसैसित पनि कम्परमाइज नगर्ने दावी गरिएको छ । कात्तिक मसान्तभित्र बजार एसियाका तार व्यवस्थित गरिसक्न निर्देशन दिइएको हो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले कर संकलनका लागि महानगर निर्मम तरिकाले लाग्ने प्रस्ट्याए । महानगरको आन्तरिक आम्दानी नबढाएसम्म विकासले गति लिन नसक्ने उनको भनाइ थियो ।

वर्डलिङ, म्याक्स, क्लासिटेक, सुविसु, भाइनेट, कनेटलगायतका प्रतिनिधिलाई बोलाएर महानगरले छलफल गरेको हो । महानगरभित्र पोलमा रहेका ६० प्रतिशत तारहरु काम नलाग्ने रहेको बताए । म्याक्सका विराटनगर शाखा प्रमुख उमेश दाहालले भने, “पोलमा बिग्रिएका तार निकालिँदैन, त्यही छाडिन्छ, त्यस्ता तारहरु करिब ६० प्रतिशत छन् । ४० प्रतिशत मात्रै काम लाग्ने तार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्