महिला सम्हाल्छन् विराटनगरमा पर्व लक्षित हाट

<span class='c1'>महिला सम्हाल्छन् विराटनगरमा</span> <span class='c2'>पर्व लक्षित हाट</span>

सुजता लिम्बू
विराटनगर । ग्राहक ः यो फुलको दाम कति हो ?
पुनम : ५० को दुईवटा
ग्राहकः  कोही ओठ लोपार्दै, कोही भगवानको नामका खरिद गर्दै, यो पृष्ठभूमी वरिपरी ग्राहकको भीड ।
काखमा दुधे नानी, त्यहि भीडमा फुलको व्यापार गर्दैगर्दा भेटिएकी २५ वर्षीया पुनमकुमारी सरदार आउने जाने ग्राहकसँग मोलमोलाइ गर्नमा व्यस्त थिइन् । चाँडै बिक्री भए नानी च्यापेर घर फर्किने दाउमा रहेको बताउने उनी तिहारको खर्च जुटाउन कमलको फुलको व्यापार गरेको सुनाइन् ।

विशेष गरेर लक्ष्मी पुजाको दिन कमलको फुल चढाइने चलन छ । सोहि अनुसार लक्ष्मीपुजाको अघिल्लो दिन कमलको फुलको व्यापार राम्रो हुनेभएकाले उनी पनि व्यापारका लागि नानी च्यापेर बजार आइन् । ‘घरमा अर्को नानी छ, श्रीमानले हेर्दिनुभएको छ । म चाहिँ व्यापारको लागि बजारमा आएँ,’ उनी सुनाउछिन्,‘लक्ष्मी पुजाको दिन कमलको फुल चढाउछ नि त त्यही भएर आज व्यापार गर्न आएको ।’
उनले अरुबाट खरिद गरेर ल्याएको फुलमा थोरै नाफा राखेर बिक्री गरेको बताइन् । थोरै पैसा भए पनि तिहारका लागि सामान खरिद गर्न टेवा पुग्ने बताउने उनी अन्य समय पनि चाडपर्वमा सिजनको व्यापार गर्ने गरेको सुनाउछिन् ।

यता, २२ वर्षिया सन्ध्याको श्रीमान वैदेशिक रोजगारीका लागि परदेशीएका छन् । श्रीमानले कमाएको पैसा जोहो गर्न र आफैले कमाएको थोरै रकमबाट तिहार मनाउन कमलको फुलको व्यापार गरेको सुनाउछिन् । उनले पनि फुल अरुबाट नै खरिद गरेर केही नाफा आउने आसले व्यापार गरेको बताइन् ।

‘श्रीमान विदेशमा हुनुहन्छ, उहाँले कमाएको पैसा बचत होस भनेर यसो कहिलेकाँही सिजनको व्यापार गर्छु,’उनी सुनाउछिन्,‘अरुबाट नै खरिद गरेको हो,खरिद गरेको भन्दा थोरै नाफा राखेर व्यापार गरको हो ।’
गुद्री बजारमा नै भेटिएकी ४५ वर्षीया ललितादेवि यादव वाति बिक्री गर्न आएकी थिइन् । उनको पनि पुनमकुमारी र सन्ध्याको जस्तै समान बिक्री भएर आएको पैसाले तिहार मनाउने विचार रहेको छ । उनले आफैले बनाएको बाति केही नाफा राखेर बिक्री गरेकी हुन् ।

‘घरमा बस्दा अल्छि लाग्छ, वाति बनाउदै बस्छु,’उनले सुनाइन्,‘आफैले बनाएको हो भगवानलाई चढाउने चिजमा धेरै फाइदा रोखको छैन ।’
माथि उल्लेखित पात्र तिहारको खर्च जोहो गर्न सिजनेवल व्यापारका लागि गुद्रि बजार भित्रिए पनि अधिकांश चाँडपर्व लक्षित व्यवसायमा महिलाहरु नै देखिन्छन् । पशपतिको जात्रा सिद्राको व्यापार भन्ने भनाई झैँ व्यवासयले व्यवसायीको आवश्यकता पुरा भयो भने, ग्राहकहरुले पनि आवश्यक सामग्रीहरुको यपभोग गर्न पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्