औद्योगिक कार्यस्थलको हिंसा र दुव्र्यहार रोक्ने प्रतिवद्धता

औद्योगिक कार्यस्थलको हिंसा र दुव्र्यहार रोक्ने प्रतिवद्धता

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका प्रतिष्ठानहरुले कार्यस्थलमा हुनसक्ने हिंसा र दुव्र्यवहार रोक्न कार्ययोजना बनाएर कार्यन्वयनमा ल्याउने प्रतिवद्धता जनाएका छन् ।
उद्योग प्रतिष्ठानहरुभित्र हुनसक्ने हिंसा र दुव्र्यवहारलाई निरुत्साहित गर्न औधोगिक क्षेत्रका ठुला उद्योग प्रतिष्ठान, व्यवसायिक फर्म र रोजगारदाता एवं स्वरोजगार व्यवसायका संचालक र माथिल्लो तहका कर्मचारीहरुले कार्यस्थलको हिंसा र दुव्र्यवहार रोक्ने प्रतिवद्धता जननाएका हुन् ।

अन्तर्राष्ट्रिय श्रम संंगठन नेपालले नेपाल उद्योग बाणिज्य महासंघसँगकोे सहकार्यमा शुक्रबार विराटनगरमा आयोजित कार्यशाला गोष्ठिमा कार्यस्थलमा हुने हिंसा तथा यौनजन्य दुव्र्यवहारि विरुद्ध उद्योग प्रतिष्ठानहरुले आचारसंहिता पालना गर्नुपर्ने बताइएको थियो । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले आयोजना गरेको गोष्ठीमा महासंघका केन्द्रीय सदस्य डा.अविनाश बोहराले कार्यस्थलका सबै खाले विभेद रोक्नुपर्ने जरुरी रहेको बताउनुभयो । उहाँले हिंसाका घटना रोक्नका लागि संभावित पक्षमा सहनशिलतालाई शुन्यमा लैजानुपर्ने बताउनुभयो । उहाँले उद्योग धन्दाभित्र हुने हिंसा एवं यौनजन्य दुव्र्यवहारको परिणामले कर्मचारी तथा श्रमिकहरुमा हुने श्रम मनस्थिति बिग्रिएर उत्पादनमा असर पर्नेतर्फ सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

औद्योगिक वातावरणलाई असर पार्ने कुनैपनि पक्षलाई व्यवस्थापकिय पक्षबाट निरुत्साहित गर्नुपर्नेमा बोहराको जोड थियो । उहाँले कार्यस्थललाई सबै कामदारका लागि सुरक्षित बनाउनका लागि सुधार गर्नुपर्ने व्यवस्थापनका क्षेत्रको पहिचान आवश्यक रहेको बताउनुभयो ।
महासंघका सहायक निर्देशक हरि पौडेलले आइएलओ महासन्धि र लैंगिक हिंसा निवारण ऐन बमोजिम हिंसा तथा दुव्र्यहारविरुद्धको कानुनी व्यवस्था र सजाय हुने अवस्थाबारे जानकारी गराउनु भएको थियो । उहाँले शारिरीक, गैरमौखिक र मौखिक रुपमा हुनसक्ने हिंसाले काममा पु¥याउने प्रतिकुल वातावरणविरुद्ध सचेत रहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा उपस्थित भएका उद्योग प्रतिष्ठानका माथिल्लो तहका कर्मचारी लगायतका सहभागीहरुले उद्योग व्यवसाय, कम्पनि तथा फर्मभित्र हुनसक्ने हिंसाका विरुद्ध कार्ययोजना बनाएर कार्यन्वयनमा ल्याउने बताएका थिए । उनीहरुले त्यसको पालना भए÷नभएको विषय व्यवस्थापकिय दृष्टिकोणले निगरानी गरिने विश्वास व्यक्त गरे । कार्यशालामा प्रतिष्ठानका करिब ४५ जना सहभागीहरुको उपस्थिति रहेको थियो ।
करिडोरका ठूला, मझौला तथा साना उद्योगका सञ्चालकहरुले उद्योगको विशेषता अनुसार कामको वर्गिकरण गरेर महिलामै त्री बन्नुपर्नेमा उपस्थित भएकाहरुले सुझाव दिएका थिए । महिलाले गर्नसक्ने काममा महिला मात्रैको सिफ्ट मिलाउन सक्दा त्यसको संभावना कम हुने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्