विराटनगरका फिटनेस सेन्टर : कोरोनाले थलिए, बल्ल लयमा फर्किए

<span class='c1'>विराटनगरका फिटनेस सेन्टर : कोरोनाले</span> <span class='c2'>थलिए, बल्ल लयमा फर्किए</span>

विराटनगर । दैनिक जीवनमा मानिसलाई तन्दुरस्त र फुर्तिलो राख्न सघाउने फिटनेस सेन्टर (व्यायामशाला)हरु कोरोनाकालमा थला परे । कोरोना सर्ने भयले दैनिक व्यायाम गर्नेहरु जिम छिर्न छोडेका थिए । कोरोनाले थलिएका विराटनगरका फिटनेस सेन्टर त्यसपछि भने विस्तारै आफ्नो व्यवसायको लय समात्दै लगेका छन् ।
फिटनेस सेन्टरहरुको मुख्य सिजन फागुनदेखि सुरु भएर कार्तिकमा सकिन्छ । तर, विराटनगरमा भने अहिले जाडो मौसममा पनि यसको लय उतिकै मजबुत तरिकाले चलिरहेको छ । कोरोनाले थलिन बाध्य बनाएका फिटनेस सेन्टर त्यसैको ज्ञानले भरिदिएको उर्जाका कारण जाडो मौसममा पनि उतिकै चल्ने अवस्थामा पुगेको सञ्चालकहरुको बुझाई छ ।

कोरोना संक्रमणको समयमा शरिरलाई तन्दुरुस्त राख्नुपर्ने र दैनिक व्यायाम गर्नुपर्ने मान्यता स्थापीत भएको थियो । विराटनगर–४ स्थित सजिलो फिटनेस एण्ड जीम सेन्टरका सञ्चालक सन्जय साहका अनुसार कोरोना लागेपछि पनि व्यायाम गर्नुपर्छ, योगा गर्नुपर्छ भन्ने मान्यताको ज्ञानले अहिले जिम सेन्टरहरुलाई राहत मिलेको हो ।

कोरोनाको जोखिम घट्दै गएपछि अनिवार्य मर्निङवाक, योगा, जिम गर्नुपर्ने मान्यता स्थापीत भएको छ, सञ्चालक साहले भन्नुभयो–अहिले सिजन नहुँदा समेत सेवा लिनेहरुको संख्या उतिकै छ । उहाँले कोरोनाको बेला थला परेपनि पछिल्लो समय फिटनेस सेन्टरका लगानीकर्तामा निरासा सिर्जना गराउने अवस्था छैन । तर, लगानी अनुसारको प्रतिफल लिन भने अहिले पनि सकिएको छैन ।

व्यायामशाला धाउनेहरु पनि धेरै प्रकारका रहेका छन् । मोरङ बडिबिल्डिङ्ग संघका महासचिव नविनबिक्रम शाहीका अनुसार स्वास्थ्य सेवाको रुपमा खुलेका फिटनेस सेन्टरमा दुव्र्यसनबाट मुक्त हुने, शरिरलाई खँदिलो र तन्दुरुस्त राख्न चाहना राख्ने, फेसेनेवल देखिन चाहने र रोगबाट ग्रसित भएकाहरु पुग्ने गर्दछन् । सुगर, प्रेसरको समस्या भएकाहरुले पछिल्लो समय व्यायामशालालाई रोजाईको क्षेत्र बनाउँदै लगेका छन् । कोहिकोहि त विवाह गर्ने उमेर भएकोले तुन्दुरुस्त देखिन पनि फिटनेस सेन्टरमा पुग्ने गरेको दावी महासचिव शाहीको छ ।

बडिबिल्डिङ्ग संघ मोरङको तथ्यांक अनुसार अहिले २५ वटा फिटनेस सेन्टर मोरङमा सञ्चालित छन् । त्यसमध्ये विराटनगरमा मात्रै २० वटा फिटनेस सेन्टरमा लगानी गरेर सञ्चालित छन् । एउटा पूर्ण फिटनेस सेन्टर हुनका लागि पाँच करोड रुपिँयासम्म लगानी गर्नुपर्ने हुन्छ । मोरङमा ५० लाखदेखि ५ करोडसम्मको लगानीमा खुलेका फिटनेस सेन्टरमा एक अर्बको लगानी भएको छ ।

फिटनेस सेन्टरहरुले फरक–फरक तरिका अपनाएर सेवा प्रदान गर्ने गर्दछन् । कुनैले शरिरले भार उचाल्ने क्षमता बढाउने त कुनैले शरिरलाई आवश्यक पर्ने शारिरीक व्यायायसँगै भार उचाल्ने क्षमता बढाउने किसिमको प्रशिक्षण दिने गरेका छन् । सजिलो फिटनेस एण्ड जीमका सञ्चालक कम्प्लेट जिमखाना भित्र योगा, कार्डियो प्रशिक्षणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र त्यसपछि मात्रै मेशिन र उपकरणमा अभ्यास गराउनु पर्ने बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्