विराटनगरमा डाक्टर सिफारिस गर्छन् खाद्यपुरक सामाग्री : फार्मेसी चलाउँछन् व्यापार

<span class='c1'>विराटनगरमा डाक्टर सिफारिस गर्छन् खाद्यपुरक</span> <span class='c2'>सामाग्री : फार्मेसी चलाउँछन् व्यापार</span>

विराटनगर । ‘नट फर मेडिसिन युज’ भनेर लेखिएको न्यूट्रास्युटिकल (खाद्यपुरक) सामाग्री औषधीको रुपमा फार्मेसीबाट कारोबार हुने गरेको छ । चिकित्सकको सिफारिसमा फार्मेसीबाट उपचारमा आएका सेवाग्राहीलाई भिराउने खाद्यवस्तु मेडिसिनको रुपमा बिरामीले प्रयोगमा ल्याउँछन् ।

तर, औषधी व्यवस्था ऐन अन्तर्गत सञ्चालित फार्मेसी खाद्यपूरक सामाग्री बिक्रीका लागि कानुनसम्मत हुँदैनन् । खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएर आयात गरिएका आहारपुरक सामाग्रीको सिफारिस समेत चिकित्सकले गर्न पाउँदैनन् । यसको सिफारिस गर्ने अधिकार पोषणविद्लाई मात्रै हुन्छ ।

औषधी व्यवस्था विभागको कार्यालय विराटनगरका प्रमुख टेकेन्द्र मिश्रका अनुसार ठूला भनिएका अस्पतालको परिसरमा यसको व्यापार फार्मेसी गरिरहेको बताउनुहुन्छ । उहाँका अनुसार पोषणविद्लाई छल्दै विशेषज्ञ चिकित्सकले यसको सिफारिस गरिदिन्छन् र सेवाग्राहीमार्फत मोटो रकम लिएर फार्मेसीले व्यापार चलाईरहेका छन् ।

विभागको विराटनगर कार्यालयले गरेको अनुगमनमा विराटनगर, सुनसरी र झापाका रहेका ठूला निजी अस्पताल परिसरमा यसको व्यापार मौलाएको छ । विरामीलाई डाक्टरले औषधी सिफारिस गरिदिएको आधारमा फार्मेसीले आहारपुरक सामाग्री समेत बिक्री गरेर अपराध गरिरहेको देखिएको छ ।

कार्यालयले पछिल्लो सात महिनामा गरेको निरीक्षणमा २९ वटा फार्मेसीले औषधी भन्दै बिक्रीका लागि राखेको खाद्यपुरक सामाग्री नियन्त्रणमा लिईसकेको छ । जसमध्ये अधिकांश ठूला निजीस्तरका अस्पताल परिसरका फार्मेसी रहेको प्रमुख मिश्रको भनाई छ ।
निरीक्षणका क्रममा विराटनगको नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालको सुस्वास्थ्य फार्मेसी, मेडिकेम फर्मा, अस्पताल चौकको उज्जवल फर्मा, फेसबुक फार्मेसी, शिवराम फार्मेसी, श्रीगणेश ड्रग हाउस, विराटनगर अस्पताल (विराट नर्सिङ्ग होम) परिसरको फार्मेसी, यूनिक फार्मेसीबाट विभागले यस्तो वस्तु बरामद गरेको जानकारी मिश्रले दिनुभयो ।

यसैगरी विराटनगरको सप्तकोशी फार्मेसी, सीताराम फार्मेसी, झापाको दमकस्थित मन्जिता फार्मेसी, सायरा फार्मेसी, तोयानाथ फार्मेसी, जुनतारा फार्मेसी, अतुत्यन मेडिकल, आयुव फार्मेसीबाट समेत सामाग्री नियन्त्रणमा लिइएको थियो । झापा बिर्तामोडको मनमोहन अस्पतालको फार्मेसीबाट समेत यस्तो सामाग्री बरामद गरिएको कार्यालयका प्रमुख मिश्रले जानकारी दिनुभयो ।

खाद्यपुरक सामाग्री खाद्यवस्तुको रुपमा उपभोग गर्ने गरिन्छ । यसलाई औषधीको रुपमा प्रयोगमा ल्याउनु गलत मानिन्छ । कार्यालय प्रमुख मिश्रका अनुसार भारतबाट किलोको दरले आयात गरिएको यस्तो वस्तुलाई नेपालमा औषधीको रुपमा प्रयोग गर्दा प्रत्येक एक बिरामीले एक हजार रुपिँया त्यसै खर्च गर्नुपर्ने अवस्था रहेको देखिएको छ ।

यसको प्रयोग पोषणविद्को सिफारिसमा गर्नुपर्ने र आवश्यक पर्नेहरुले डिपार्टमेन्ट स्टोर वा अन्य स्थानबाट खरिद गर्नुपर्ने भएपनि औषधी पसलको व्यापार फस्टाउन चिकित्सकको सिफारिस कारण बन्ने गरेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्