विराटनगरका पाँच उद्योगीको साझेदारीमा दुई अर्ब ५० करोड लगानीमा डन्डी उद्योग

<span class='c1'>विराटनगरका पाँच उद्योगीको साझेदारीमा दुई अर्ब</span> <span class='c2'>५० करोड लगानीमा डन्डी उद्योग</span>

विराटनगर । सुनसरी-मोरङ औद्योगिक करिडोरमा कोभिड-१९ संक्रमणपछि ठूलो लगानीमा नयाँ डण्डी उद्योग सञ्चालनमा आएको छ । सुनसरीको दुहवी नगरपालिका-१ परास्टोकीमा २ अर्ब ५० करोड लगानीमा स्वस्तिक रोलिङ मिल सञ्चालनमा आएको हो ।

करिडोरका पाँचजना साझेदारले रडको बिलेटको समेत व्यवसायीक कारोबार गर्नेगरि उद्योग सञ्चालनमा आएको छ । यो कोरोनाकालपछि करिडोरमा थपिएको ठूलो लगानीको उद्योग रहेको यसका सञ्चालकमध्येका एक रमेश राठीले जानकारी दिनुभयो ।
उद्योगका उत्पादन बारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उद्योगी राठीले ‘बजरङ्ग’ ब्रान्डमा टीएमटी छड, बिलेट, एङ्गल, च्यानल र आई बिम उत्पादन गरेर बजारमा पठाईसकिएको जानकारी दिनुभयो । यसले परीक्षण उत्पादनकाल पूरा गरेर नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिन्ह प्राप्त गरिसकेको जानकारी दिइएको छ । सरकारको मापदण्ड भित्र उत्पादन गरिरहेको उद्योगको क्षमता दैनिक ५०० टन रहेको छ ।

उद्योगी राठीसहित राजकुमार गोल्छा, जीवन रिजाल, मदन रिजाल र फरहानको साझेदारी रहेको उद्योगले टीएमटी छड उत्पादनमा बढी ध्यान दिने अर्का साझेदार राजकुमार गोल्छाले जानकारी दिनुभयो । उद्योगले ७ एमएम देखि ३२ एमएम सम्मका टीएमटी छड उत्पादन गर्नेछ । नेपालका लागि यो नयाँ र अत्याधुनिक प्रविधि भएको गोल्छाले जानकारी दिनुभयो । छडमा ग्रिप्रिड उच्चस्तरको रहेकोले मसलाले बलियोसँग समात्न सक्ने र लचकदार रहेको भनाई छ । यो ५०० ग्रेडको रड भएको दावी छ ।

यूरोपियन टेक्नोलोजीको प्रयोग भएकोले उद्योगका मेसिन पूणर्तया अटोमेटिक प्रणालीमा आधारित रहेको अर्का सञ्चालक जीवन रिजालले जानकारी दिनुभयो । तौलको समानता र गुणस्तरमा एकरुपता रहेको र प्रयोगशालाको स्पेक्ट्रो मेसिनले कमेकल परीक्षण गरेपछि मात्रै डण्डी उत्पाद हुनेछ । यसले भारतको टाटा स्टिलबाट कच्चा आयात गर्ने भएको छ । स्पन्च आयात गरेर नेपालमा रहेको स्क्राब्ब प्रयोग गरिने भएको छ ।
ठूलाठूला प्रजोक्टको संभावना छ, जसलाई ध्यान दिएर उद्योगका उत्पादनहरु गर्ने लक्ष्य राखिएको छ, उद्योगी राठीले भन्नुभयो-अहिले उद्योगले ६० प्रतिशत उत्पादन गरिरहेको छ । प्रारम्भमा उत्पादनको माग बढेकोले माघदेखि शतप्रतिशत पुग्न देखिएको दावी छ । अहिले दैनिक ३०० जनाले रोजगारी पाईरहेको उद्योगले आगामी माघदेखि ६०० जनालाई रोजगार सिर्जना गर्ने भनाई छ ।

उद्योगी राठीले कोरोनाकालपछि चुनौती मोल्दै सुरु गरिएको लगानी सफल भएको बताउनुभयो । उहाँले सरकारले डन्डी उद्योगका विषयमा लिएको नीति सच्याएकोले अहिलेको परिस्थितिमा असजिलो नहुने बताउनुभयो । उहाँले अब सरकारी कोषको खर्च र पूर्वाधारका योजनाले उद्योग सञ्चालनको सफलता निर्धारण गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्