छलेन सडक : विराटनगर क्षेत्रको कालोपत्रे तोड्दै–जोड्दै

<span class='c1'>छलेन सडक : विराटनगर</span> <span class='c2'>क्षेत्रको कालोपत्रे तोड्दै–जोड्दै</span>

विराटनगर । कोशी राजमार्ग अन्तर्गत रानी–धरान खण्ड विराटनगर बजार क्षेत्रको सडक ‘तोड्दै जोड्दै’ गर्ने कार्य भईरहेको छ । व्यापारिक मार्गको रुपमा विस्तार भएको सडकको कालोपत्रे भासिएर डाँडापाखा भएपछि भत्काउँदै कालोपत्रे थप्दै गर्ने काम भईरहेको हो ।

छलेन परियोजना इटहरीका प्रमुख इन्जिनियर प्रियंका झाका अनुसार अहिले बरगाछीदेखि दक्षिण एसलाल पेट्रोलपम्पसम्म ठेकेदार कम्पनीले सडक मर्मतको काम गरिरहेको छ । ठेक्का सम्झौतामा उल्लेख भएको शर्तअनुसार हस्तान्तरणपछिको मर्मत गर्नुपर्ने म्यादको काम ठेकेदारले गरिरहेको हो ।


‘अस्पाल्ट’ प्रविधिको कालोपत्रे सडकमा सवारी साधन मज्जाले गुड्नसक्ने अवस्था छैन । विराटनगर भन्सार क्षेत्रदेखि रानी नहरसम्मको तीनकिलोमिटर सडक गतवर्ष यसरीनै तोड्दै जोड्दै गरिएको थियो । उक्त सडकको अवस्था अहिले उस्तै भईसकेकोछ । अहिले रोडशेषचौकदेखि महेन्द्रचौकसम्म धेरै समस्या नभएपनि महेन्द्रचौक–बरगाछी, बरगाछी–कन्चनबारी, कन्चनबारी–ढाटसम्मको क्षेत्रमा समेत उस्तै समस्या देखिएको छ ।

त्रिदेशीय लाइफलाइन मानिएको यो सडकको विराटनगर बजार क्षेत्रमा सधैं समस्या दोहोरिने गरेको छ । सडकको भारवहन क्षमता भन्दा दोब्बर वजन बोकेका मालवहाक सवारी गुडेका कारण भासिने गरेको, आयोजना इटहरीका प्रमुख प्रिंयका झाको दावी छ । मर्मत भईरहेको बरगाछी–एसलाल पेट्रोलपम्मसम्मको ठेक्का टुण्ढी–रमण जेभीको हो । उसैले मर्मत गरिरहेको छ । २०७२÷२०७३ मा ठेक्का सम्झौता भएको सडकको केन्द्रमागदेखि दाँया–बाँया तीनतीन लेन रहेको छ ।

‘जुन समयमा सडकको डिजाइन भयो, त्यसबेला एकलेनको ४५ प्रतिशत भारवहन अवधारणा थियो’ प्रमुख झाले भन्नुभयो–एउटै लेनमा ४० टनका गाडी गुडिरहँदा भानिएको हो ।
विराटनगर भन्सार क्षेत्रबाट सुनसरी–मोरङ औद्योगिक करिडोरमा मालवस्तु बोकेर आउने सवारीले सडकको क्षमता भन्दा तेब्बर वजन बोक्ने गरेका छन् । विराटनगरमा १० टनदेखि ४० टनसम्मको वजन भएका मालवहाक सवारी सडकमा गुड्ने गरेका हुन् । औद्योगिक क्षेत्रका मालवस्तु बोकेर आएका सवारी गुड्ने क्षेत्रमा सडकको हरिबिजोक देखिएको छ । खासगरी फलाम उद्योगका सामान बोक्ने मालवहाक सवारी सडक बिनासका माध्यम बनेका हुन् ।

२०६९÷२०७० सालदेखि सुरु भएको आयोजनाको काम सकिदाँ सडकको अवस्था पुरानै स्थितिमा फर्किने आशंका गरिएको छ । निर्माणाधिन सडकमा क्षमता भन्दा बढी भार (वजन) भएका सवारीको आवागमनको व्यवस्थापन नहुँदा यस्तो समस्या दोहोरिने गरेको आयोजना प्रमुख झाको दावी छ । छ लेन सडकको केन्द्रभागको डिभाइडरबाट दायाँ–बाँया ३–३ लेन विभाजित छ । त्यसमध्ये नालातर्फको एक लेन पार्किङमा प्रयोग गरिएको, त्यसपछिबीचको भाग साना सवारी गुड्ने गरेको र सडकको केन्द्रभागबाट ठुला मालवहाक लगातार गुड्दा भासिएर डाँडापाखा भएको दावी छ ।

सडकको भारवन क्षमता गाडीको एक्सलदेखि एक्सलसम्मको १० टन वजन हो । अहिले एउटै लेनमा ४० टन क्षमतासम्मका सवारी गुडने गरेपनि त्यसको व्यवस्थापन मिलाउने निकाय मौन रहने गरेको आयोजनाका अधिकारीको बुझाई छ । भन्सार क्षेत्रबाट फलाम उद्योगका सामान बोकेर आएका सवारीलाई भारवहन भन्दा बढी भए त्यसको नियन्त्रण ट्राफिक प्रहरीले गर्नुपर्ने हुन्छ । तर, नेपालमा फलामजन्य वस्तु निकालेर टुक्राउने सुविधा भन्सार क्षेत्रमा समेत छैन । जसका कारण भारतबाट मालवस्तु बोकेर आएका सवारी अनलोड गरेर सामान ट्क्राउन नसकिने अवस्था छ । त्यसको भार सडकले बोक्नु परेको छ ।
सरकारको दश अर्ब ९८ करोड रुपिँया लागतमा ४९ किलोमिटर रानी–धरान व्यापारिक निर्माणको काम भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्