विराटनगरमा भन्सार छलेका सामाग्री नियन्त्रण गर्न अनुगमन सुरु

<span class='c1'>विराटनगरमा भन्सार छलेका सामाग्री</span> <span class='c2'>नियन्त्रण गर्न अनुगमन सुरु</span>

विराटनगर । विराटनगरमा संयुक्त बजार अनुगमन सुरु गरिएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरको नेतृत्वमा बजार अनुगमनको काम सुरु गरिएको हो । कार्यालयका प्रमुख डा.डीबी क्षेत्रीका अनुसार अर्थमन्त्रालय र राजस्व विभागको निर्देशनअनुसार बजार अनुगमनको कामसँगै आर्थिक ऐनमा उल्लेख भएका छुट तथा सहुलियतसम्बन्धीका प्रावधान करदातालाई जानकारी गराउने कार्य सुरु गरिएको हो ।

कार्यालयले विराटनगरका पाँचवटा व्यवसायीक तथा औद्योगिक संस्थालाई पत्र लेखेर आर्थिक ऐन २०७९ को प्रावधान बारे करदातालाई जागरुक गराउन समेत अनुरोध गरेको छ । कार्यालयले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परीसंघ प्रदेश १ र विराट व्यापार संघलाई पत्र लेखेको हो ।

जिल्लास्तरीय राजस्व चुहावट समितिको बैठकले संयुक्त बजार अनुगमनको कामलाई अगाडी बढाउने निर्णय गरेको छ । महिनामा आकस्मिक रुपमा दुई पटक अनुगमन गरिने प्रमुख क्षेत्रीले बताउनुभयो । आन्तरिक राजश्व कार्यालयको नेतृत्वमा भन्सार, राष्ट्रिय अनुसन्धान, जिल्ला प्रहरी, वाणिज्य कार्यालयका प्रतिनिधि टोलिमा सम्मिलित हुनेछन् ।
भारतबाट अवैध रुपमा चोरी पैठारी भएर मालवस्तु आउने विषयलाई बढी केन्द्रमा राखेका छौं, प्रमुख क्षेत्रीले भन्नुभयो–अवैध आयात गरिएका सामान अब जफत हुनेछन् । मंगलबार गरिएको अनुगमनमा विराटनगरको एक हार्डवेयर पसलबाट म्याद ग्ज्रिएको ९५ लिटर रङ बरामद गरिएको थियो । यस्तै भारतबाट अवैध आयात भएको बिना खरिद बिलको भुजिया तथा चिनी समेत नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएको रङ वाणिज्य कार्यालयमा र भुजिया र चिनी भन्सार कार्यालयमार्फत थप कारवाहीका लागि पठाइएको प्रमुख क्षेत्रीले जानकारी दिनुभयो ।

बजार अनुगमनमा खरिदबिक्री खाता, बिलबिजक जारी गरे, नगरेको, चोरीपैठारीका मालवस्तु बिक्री गरे–नगरेको अवैध मदिराको कारोबार, बिना स्टिकरको मदिरालाई केन्द्रीत गरिने दावी छ ।
क्षेत्रीले आयकरको अनुमानित ४० प्रतिशत रकम पुस मसान्तभित्र दाखिया गर्ने, ननफाइलर रहेका करदाताले विवरण बुझाउने, बक्यौला दाखिला गर्न बाँकी रहेका करदातालाई समयमै उपस्थित हुँदा शुल्क, ब्याज र जरिवानाबाट बच्न सकिन्छ भन्ने जानकारी गराउन उद्योगी–व्यवसायिहरुको संस्थासँग अनुरोध गरिएको बताउनुभयो ।

आर्थिक विधेयक २०७९ मा ३० लाख सम्मको कारोबार वा ३ लाखसम्मको आय हुने करदातालाई आयवर्ष २०७८÷२०७९ मा आयकरमा ७५ प्रतिशत छुट दिइएको छ । त्यस्तै ३० लाखदेखि एक करोडसम्मको कारोबार हुने करदातालाई २०७८÷२०७९ का लागि ५० प्रतिशत छुट सुविधा दिइएको छ । यसैगरी होटल, ट्राभल, ट्रेकिङ, चलचित्र निर्माण, वितरण र प्रदर्शन, पार्टी प्यालेस, सञ्चारगृह वा यातायात सेवामा एक करोडभन्दा बढी कारोबार गर्नेलाई २०७८÷२०७९ को आयकरमा ५० प्रतिशत छुट दिइएको छ ।
यसैगरी आयवर्षमा बिजनेस प्रोसेस आउटसोर्सिङ्ग, सफ्टवेयर प्रोग्रामिङ, क्लाउड कम्प्युटिङ लगायत सूचना प्रविधिका सेवा प्रदान गर्ने कारोबारबाट विदेश मुद्रा आर्जन गरेमा आयको हदसम्म एक प्रतिशत आयकर तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्