न्यूनगुणस्तरको वस्तु बजारमा पठाउने मोरङका छ उद्योग विरुद्ध मुद्दा दायर

न्यूनगुणस्तरको वस्तु बजारमा पठाउने मोरङका छ उद्योग विरुद्ध मुद्दा दायर

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले छ उद्योग विरुद्ध मुद्दा दायर गरेको छ । न्यून गुणस्तरको वस्तु उत्पादन गरेर बिक्रीका लागि बजार पठाएको पाइएपछि छ उद्योग विरुद्ध मुद्दा दायर गरिएको हो ।

मोरङका त्यस्ता उद्योग विरुद्ध अदालतमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजालले जानकारी दिनुभयो । कार्यालयको विराटनगरस्थित प्रयोगशालामा उद्योगहरूबाट उत्पादन भएको खाद्य वस्तुको नमूना संकलन र परीक्षण गरिएको थियो । ल्याव परीक्षण गर्दा न्यून गुणस्तरको पुष्टि भएपछि मुद्दा दायर गरिएको कार्यालय प्रमुख रिजालले जानकारी दिए ।

खाद्यले विराटनगर १९ मा रहेको शिखर अर्गनाइजेशन लि. बाट उत्पादन हुने मकै न्युन गुणस्तरको पुष्टि भएपछि ५० हजार रुपैयाँ जरिवना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको माग दाबी गर्दै मोरङ अदालातमा साउन ३० गते मुद्दा दायर गरेको थियो ।
यस्तै चौपायको आहार उत्पादन गर्ने मोरङ बुढीगंगा गाउँपालिका २ टंकिस्थित नेपाल बलहोप एग्री टेक प्रा. लि.ले दूषित दाना पदार्थ उत्पादन गरी बिक्री वितरण गरेको पाइएपपछि ५० हजार रुपैयाँसम्म जरिवना वा १ महिनादेपखि १ वर्षसम्मको कैद सजायको माग दाबी लिएर जिल्ला प्रशासन कार्यालय मोरङमा साउन ३० गते मुद्दा दायर गरेको थियो ।

यस्तै प्रषोधित पिउने पानीमा लेबल नभएको भेपटिएपछि विराटनगर १३ स्थित रुपसान प्रशोधित खानेपानी उद्योग विरुद्ध ५० हजार जरिवना वा पाँच वर्षसम्म वा दुवै सजायको माग दाबी राखेर मोरङ अदालातमा मुद्दा दायर गरेको छ ।

यस्तै टोमेटो केचप उत्पादन गर्ने बुढीगंगाको दुगड स्पाइसेस एण्ड फुड प्रोडक्स प्रा.लि.ले न्यून गुणस्तरको खाद्य बस्तु उत्पादन गरी बजारमा बिक्रीको लागि पठाउने गरेको पाइएपछि ५० हजार रुपैयाँसम्म जरिवना वा पाँच वर्षसम्मको कैद सजायको माग दाबी गर्दै मोरङ अदालातमा कार्तिक ३ गते मुद्दा दायर गरिएको खाद्य कार्यालयले जनाएको छ । खाद्य प्रविधिले दायर गरेकोे मुद्दा बिचाराधिनमा रहेको छन् ।

चालु आर्थिक वर्षमा पनि एक दर्जन उद्योगले उत्पादन गरेको खाद्यबस्तु कम गुणस्तरको भेपटिएपछि अनुसन्धान सुरु गरिएको कार्यालय प्रमुख रिजालले बताए । आथिक वर्ष २०७९-०८० को दोस्रो त्रैमासिक प्रगति बिवरण कार्यलयले सार्वजानिक गरेको छ ।
हालसम्म १४७ वटा उद्योगहरु अनुगमन गरेको जानकारी कार्यालय प्रमुख रिजालले दिए । खाद्य दाना उद्योगको अनुज्ञापत्र जारी नवीकरण तथा उद्योग सिफारिस ४ सय ६ वटा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्