विराटनगरको अर्गानिक घर : शुद्धतासँग देश झल्काउँछन् अभिषेक

विराटनगरको अर्गानिक घर : शुद्धतासँग देश झल्काउँछन् अभिषेक

सुजता लिम्बु
विराटनगर । पछिल्लो समय अधिकांश युवाहरुले आफ्नो देशप्रतिको धारणा सकारात्मकरुपले लिएको पाइदैन । आफ्नै देशमा केही गरौँ भन्ने युवाहरु यहाँको प्रशासन प्रणाली प्रति वाक्क छन्, कोही राजनीतिसँग दिक्क छन् ।

हातमा पढाईको शैक्षिक प्रमाणपत्र भए्पनि रोजगार नपाएको भन्दै गुनासो पोख्ने युवाहरुको संख्या बढ्दो छ । रोजगार लक्ष्य पूरा नहुँदा विदेश पुग्ने बढ्दैछन् । उतै ‘सेटल’ हुने मनसाय राख्ने पनि उहि संख्यामा छन् । धेरै जस्तो पढेलेखेका युवाहरु पख्र्यौली जमिन धितोमा राखेरै भए पनि खाडी हुँदै युरोप र अमेरिका सुनौलो सपना बुन्छन् ।

नेपालमा अवसर नदेख्ने र परदेशमा भविष्य खोज्दै दरिलो आर्थिक व्यवस्थापनको सपना बोकेर देश छोड्ने युवाहरुको भिड्मा केही गर्छु भन्ने यात्रामा छन् २२ वर्षे युवा अभिषेक गौतम ।

युरोपको सपना छोडेर विराटनगरको माटोमा अर्गानिक व्यवसायको बीउ रोप्ने र यसलाई जगाउने बेलबारीका गौतमले दश महिना अगाडीदेखि अर्गानिक घर सञ्चालनमा ल्याएका हुन् । विराटनगरको ट्राफिक नजिक रेन्बो गल्लीमा उनले अर्गानिक उत्पादनका वस्तुको बिक्री केन्द्र खोलेका छन् । त्यसका नाम पनि अर्गानिक घर नै राखेका छन् । नेपालमा नै अवसरको बाटो खोज्दै केही गरौँ भन्ने उद्देश्यले परदेशी सपना त्यागेर उनले नेपाली शुद्धताको स्वाद चखाउने सपना देखेका हुन् ।

उनले नेपाली बजार त्यसमा पनि शहरी क्षेत्रका बजारमा सहजै पाउन नसकिने कृषि उत्पादनहरुलाई उपभोक्ता माझ पु¥याउने उद्देश्यले व्यवसायिक यात्रा आरम्भ गरेका छन् । गौतमले नेपालका विभिन्न जिल्लाहरुमा उत्पादन हुने अर्गानिक वस्तु पसलमा राख्ने गरेका छन् ।
उनले प्रदेश एकका विभिन्न जिल्ला संखुवासभाको जडीबुटी, सक्ख्खर, ईलामको ग्रिन टी र किबी, धनकुटाको घ्यू, एभोकार्डो, खोटाङको राज्मादेखि मुस्ताङ, जुम्ला, कास्कीको चामल, दाल, कोदो फापर विराटनगरका उपभोक्तासम्म पु¥याउँदै आएका छन् ।

‘यो किमिसको व्यवसायिक धारणा नेपाली ग्रामिण भेगमा उत्पादन हुने अर्गानिक खाद्यन्नलाई प्रवद्ध्रन गराँै भन्ने उद्देश्यले ल्याएको हो,’ उनले भने,‘ प्रदेश १ का विभिन्न पहाडी जिल्ला, र नेपालको सुदुपश्चिमका हिमाली जिल्लाबाट डाइरेक्ट कृषकसम्म पुगेर समानहरु खरिद गरेर ल्याउँछन् ।
धेरै जस्तो युवाहरुले क्याफे सञ्चालनमा ल्याउने भएकाले आफूले केही फरक गराँै र स्वास्थका लागि पनि लाभदायक हुने भएकाले पनि यो व्यवसाय सुरु गरेको उनी सुनाउछन् ।

त्यसो त उनी दुईवर्षसम्म अनलाईन मार्फत नै व्यवसाय गर्दै आइरहेका थिए । तर, जब व्यचलरसम्मको अध्ययन सके त्यस पश्चात व्यवसायिक हिसाबले अगाडी बढेका उनी पढाइकै सिलसिलामा विराटनगर आएका रहेछन् ।
व्यवसाय गर्दै पढाईलाई निरन्तरता दिएका उनले दश महिनाको अन्तरालमा एक जनालाई रोजगार समेत दिएका छन् ।
सुरुवातका दिनमा निक्कै अप्ठयारो झेल्नु परेको उनीसँग थुप्रै अनुभवहरु छन् । यद्यपी निरन्तरता र मेहेनतले सहज वातावरण बनाउँदै अगाडी बढेको बताउने उनी अहिले पनि सोँचे जस्तो सहज भने नभएको सुनाउँछन् । आफूले विक्री गर्न पसलसम्म ल्याउने सामाग्रीहरु दुर्गमका गाँउबाट सामान संकलन गरेर ल्याईपु¥याउन हप्ता दिनसम्म लाग्ने उनले बताए ।

‘नेपालको अवस्थालाई हेर्ने हो भने ग्रामिण क्षेत्रबाट खाद्यान्न सामाग्रि संकलन गरेर यहाँसम्म ल्याउन सवारी साधनका समस्या धेरै छ ।’ उनले भने,‘त्यसो त कानुनी हिसाबले पनि धेरै संघर्ष गर्नुपर्ने हुन्छ, के गर्नु अप्ठ्योमा नै सजिलो पनि खोज्नु पर्ने रहेछ,।’
उनले व्यवसाय सञ्चालनको पहिलो वर्ष पार गरे लगत्तै खाद्य विभाग गुण नियन्त्रणबट घरेलुमा दर्ता गरेर घ्यूलाई ब्राण्ड बनाउने तयारीमा रहेको बताए । उनले भने,‘ र अन्य समाग्रीलाई पनि ब्राण्ड बनाउने तयारी रहेको छ ।’

किसानबाट उत्पादन भएका बस्तुहरुलाई बजारीकरण गर्न पाँउदा सन्तुष्टि मिल्ने भए पनि विविध समस्याहरु झेल्नु पर्दा उनलाई असहज महसुस नभएको पनि होइन । काम गर्दै जाँदा कहिलेकाँही खुद्रा व्यवसायबाट कहिले सफलता प्राप्त गर्ने भन्ने विषयले उनलाई नपिरोलेको पनि होइन । तर, गुन्द्रुक नै बेचे पनि नेपाली उत्पादनलाई बजारीकरण गर्नु पाउँदा धेरै आत्मसन्तुष्टि मिल्ने गरेको उनी सुनाउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्