विराटनगरको रानी भन्सार : कहिले कडाई, कहिले खुकुलो

विराटनगरको रानी भन्सार : कहिले कडाई, कहिले खुकुलो

विराटनगर । साविक रानी भन्सार पारी भारतीय जोगबनी बजार पुगेर सामान खरिद गर्नेहरुलाई कडाई सुरु गरिएपछि यात्रु शाखाबाट संकलन हुने राजस्व बढेको थियो । यस्तो कडाई १० दिन अगाडीसम्म निक्कै थियो । अहिले भने कम भईसकेको छ । खुल्ला सीमानाकाबाट मोरङमा व्यापाक तस्करी गराएको आरोप सशस्त्र र नेपाल प्रहरीलाई लाग्दै आएको थियो । भन्सार कार्यालयले उनीहरुलाई दोष लगाउँदै भन्सार राजश्व गुमेको गुनासो गर्दथ्यो ।

नयाँ सरकारसँगै सीमा क्षेत्रमा पूर्ण कडाई गरियो । त्यसको प्रभाव घरायसी सामान खरिद गरेर ल्याउनेले पनि अनिवार्य भन्सार बुझाउनुपर्छ सोचमा परेको थियो । दैनिक चारलाख रुपिँयासम्म भन्सार राजस्व असुल भयो ।
तर, मुख्य भन्सार विराटनगर–१८ को आईसिपी क्षेत्र भित्रै आयात गरेको सामानको भन्सार जाँचपासमा भन्सार प्रमुखसहितको मिलेमतो आशंका बाहिर आयो । एकै पटक एक करोड बढी घोटाला भएको घटना सार्वजानिक भएपछि त्यसको फाईदा खुल्ला सीमाबाट तस्करी गर्नेहरुलाई फेरी प¥यो ।

सीमा सुरक्षामा बस्ने सशस्त्र प्रहरीलाई पनि भन्सारले कमिसन खाएर मात्रै छोड्छ भन्ने चाहिएको बहाना पूरा भयो । मुख्य भन्सार प्रणालीमा भएको कमिसनतन्त्रले पुनः खुल्ला सीमा क्षेत्रको कारोबारलाई उत्तेजित पार्ने स्थिति देखिएको हो । १५ दिन अगाडी भन्सार कार्यालय रानीको यात्रु शाखाबाट संकलन हुने राजस्वमा क्रमशः गिरावट आउँदै अहिले ५० प्रतिशतमा झर्न लागेको छ ।

भन्सारको यात्रु शाखाका नासु रामप्रसाद लामिछानेका अनुसार आइतबार भारतबाट फर्किनेबाट २ लाख २१ ह्जार २९२ रुपैँया राजस्व संकलन भएको छ । लामिछानेले भन्सारमा कडाई भएको छ भन्ने हल्ला चलेपछि जोगबनी आउनेहरुको संख्या घट्दै गएको दावी गरेका छन् । उनले आँखाले देखेजतिलाई भन्सारको सिस्टममा ल्याउने गरेको बताए । तर, आँखा छलेर जाने संख्या पनि कम छैन ।
भन्सार कार्यालयका तत्कालिन प्रमुख ताराप्रसाद सापकोटा हुँदासम्म सशस्त्रले लाइन चलाएको आरोप थियो । उनले नेपाल प्रहरी पनि सेटिङ्गमा तस्करी गराउने गरेको घोषणा गर्दथे । तर, भन्सार प्रमुख सापकोटासहित अधिकृत नकुल शर्मा र नासु हिमालय दाहाल आफ्नै परिसरमा राजस्व घोटालामा संलग्न भएको पाइएपछि उनीहरु मन्त्रालय र विभागमा तानिएका छन् ।
त्यसपछि पूर्ण कडाई भएको रानी भन्सार नाका सुस्तरी खुलुको हुँदै गएको छ । सशस्त्र र नेपाल प्रहरीको पुरानो टिमको स्थान्तरण भएर नयाँ टिम आएको छ । यो संक्रमणकालिन फाइदा समेत हुनसक्ने मानिएको छ ।

मोरङमा प्रहरी प्रमुख दिपक पोखरेल आएका छन् । उनी मोरङको वस्तुस्थिति बुझेका प्रहरी हुन् । प्रदेश प्रहरी प्रमुखमा समेत नयाँ डिआईजी आएका कारण तस्करी नियन्त्रणमा केहि पहल हुनसक्ने अनुमान गरिएको छ । तर, आयात–निर्यातका मामलामा सशस्त्रको भूमिका जति नेपाल प्रहरीको भूमिका हुँदैन । जसको प्रभाव खुल्ला सीमालाई कडाई गरेर राजस्व बृद्धिमा योगदान गर्ने की तस्करसँग साँठगाँठ गरेर पैसा कमाउने भन्ने ठाउँमा पर्दछ । तर, लाइन चलाउन सशस्त्रले मात्रै संकेत गरेर हुँदैन, नेपाल प्रहरीको समेत संकेत आवश्यक पर्दछ । जोगबनीबाट सामान खरिद गरेर फर्किएका एकजना सेवाग्राहीले देखिहाले मात्रै कडाई गर्ने तर नदेखे जस्तो बन्दा सामान कटाउने गरेको बताए ।

भन्सारमा कोहि बोल्दैन
भन्सार कार्यालय विराटनगरबाट अहिले सूचना लिन निक्कै सकस पर्न थालेको छ । तत्कालिन भन्सार प्रमुख सापकोटा मन्त्रालय तानिएपछि सिनियर अधिकृत सुवास श्रेष्ठलाई निमित्त दिइएको छ । तर, उनीसँग फोन संवाद गर्दा बोल्नु भन्दा धेरै रिसाउने शैली अपनाएका छन् । भन्सार कार्यालयका सुचना अधिकृत तोकिएका परशुराम दाहालले प्रयोग गर्ने नम्बर स्वीच अफ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्