विराटनगरको किरण केक : बुबाको सुरुवातलाई छोरी किरण व्यासको रफ्तार

विराटनगरको किरण केक : बुबाको सुरुवातलाई छोरी किरण व्यासको रफ्तार

सुजता लिम्बू
विराटनगर । जीवनको यात्रा सहज नहुन सक्छ । अनेकन आरोह अवरोह आउँछन् । व्यवसायिक धारलाई एउटा रफतारमा लान सहज नभएपनि विराटनगरको किरण केक सम्हाल्छिन् किरण व्यास । विभिन्न उत्तरचढावहरुलाई पाखा लगाउदै व्यवसायिक उडानलाई सफलताका साथ अवतरण गराउन उनी सफल छिन् । विराटनगरमा उनको केक पार्लर नपुग्ने सायदै कम होलान् ।

अप्ठ्यारो परिस्थिति भित्र सम्भावनानको खोजी गर्दै अगाडी बढीरहेकी उनी बुबा डा.रामजीप्रसाद व्यासले सञ्चालनमा ल्याएको बेकरीलाई २१ वर्षदेखि सम्हाम्छिन् । सम्हाल्दै र समेट्दै आइरहेकी उनी किरण केक विराटनगर र सुनसरीको इनरुवासम्म ब्राण्ड विस्तार गर्न सफल भएकी छिन् ।

किरण केकमा उत्पादन हुने विभिन्न प्रकारका विस्कुट र केकका आइटमहरुसँगको नाता अहिले देखिको मात्रै होइन । बुबाले सञ्चालनमा ल्याएको समय जुनबेला प्रविधिदेखि निक्कै टाढा थियो । आगोको भट्टीको माध्यमबाट बेकरी अर्थात केक, विस्कुटहरुको आइटम बनाइन्थ्यो, त्यही समय देखि उनले आफ्नो बुबालाई सघाउदै आइरहेकी थिइन् । अझ उनकै भाषामा भनौ विस्कुटको भट्टीसँगै उनको बाल्यकाल बितेको थियो । बुबाले सञ्चालनमा ल्याएको व्यवसायिक धरोहरलाई गुम्न दिनुहुन्न भन्ने उद्देश्यले प्रतिस्पर्धाको बजारमा हिम्मतका साथ अगाडी बढेको उनी सुनाउछिन् । ‘मेरो बुबाले सुरु गरेको यो व्यवसाय मैले बाल्यकाल देखि नियालेकी छु, अझ भनौँ मेरो बाल्यकाल नै विस्कुटको भट्टीसँग बितेको छ ,’उनले भननिन्,‘ बुबाले सुरु गर्नुभएको यो व्यवसायलाई डगमगाउन दिनुहँदैन भनेर नै मैले यसलाई चुनौती आए पनि अवसर खोज्दै अगाडी बढेकी हुँ ।’

अहिले उनले विराटनगरमा ४ वटा र सुनसरीको इनरुवा एउटा शाखा समेत विस्तार गरेकी छिन् । त्यसो त उनले व्यवसायिक यात्रामा सफलता हासिल गर्न आफ्नाले दिएको चुनौतीको सामना गर्नुपर्ने अवस्था सृजना नआएको पनि होइन । तर, परिवारको साथ, हौसला र आफूसँगै काम गर्ने कर्मचारीहरुको दर्बिलो साथले कहिल्यै हरेस नखाएको उनले बताइन् । इच्छाशक्ति, मेहनत र संघर्षको यात्रा सहज सम्झिएर अगाडी बढ्न सके कही कतै सफलता चुम्न सकिने तर्क राख्ने उनी परम्परागत मेसिनहरुलाई परिमार्जित गर्दै नयाँ ढंगबाट व्यवसाय अगाढी बढाउदै लग्ने योजना रहेको समेत बताइन् ।

एउटा महिलालाई सफलता चुम्न श्रीमानको पनि दर्बिलो साथ आवश्यकता रहेको बताउने उनले अवसर पाए पनि नेतृत्व पक्तिमा आफूलाई उभ्यिाउन पहिले परिवार, समाजमा निम्तिने विविध बाधकसँग लड्नुपर्ने बाध्यत्मक परिस्थिति सृजना हुने उनको अनुभव छ । यस्तै चुनौती र सफलताबीचको व्यवसायिक यात्रामा उनले हाल ३५ जनालाई रोजगारी दिँदै आइरहेकी छिन् । ‘एउटी महिलाका लागि नेतृत्वको पंक्तिमा उभिन परिवारसँगै धेरै कुराको चुनौती बेहोर्नुपर्ने रहेछ, त्यसमा श्रीमान, छोराहरुको बलियो साथ आवश्यकता पर्छ,’उनले भनिन्, ‘यस्तै चुनौतीका बावजुद पनि यात्रा अगाडी बढाइरहेकी छु, अहिले ३५ जनालाई रोजगारी समेत दिएकी छु । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्