नर्सको सपना ब्रेक : विराटनगरमा ह्याण्डी क्राफ्टमा भविष्य खोज्दै सोनी

नर्सको सपना ब्रेक : विराटनगरमा ह्याण्डी क्राफ्टमा भविष्य खोज्दै सोनी

सुजता लिम्बु
विराटनगर । धरानदेखि काठमाडौँसम्म पुग्दा सोनी सुनवारको सपना नर्स बन्ने थियो । उनी काठमाडौँ बसेर नर्सको कोर्ष तयारी गर्दैगर्दा कुनै व्यवसाय थाल्छु या चाँडै घर फर्किन्छु भन्ने सोँचेकी थिइनन् । तर, नर्सको इन्ट्रान्स परीक्षामा उनी सफल हुन सकिनन् । योसँगै उनको नर्स बन्ने सपना बीचैमा ब्रेक लाग्यो । पाइला मोडिएर फेरी धरान फर्कियो ।

अवसर र सपनाको एउटा बाटो रोकिए पनि सम्भावनाको अर्को बाटो खोज्दै अगाडी बढीरहेकी धरानकी १८ वर्षीया सोनी सुनुवार व्यवसायिक यात्रा आरम्भ गर्दैछिन् । पढाई र व्यवसायिक जीवनलाई एउटै यात्रामा लिएर हिँडेकी सोनी आफूले थालेको व्यवसायको भविष्य यतिबेला विराटनगरमा खोज्दैछिन् । उनले एक महिना अगाडी दर्पण ह्याण्डि क्राफ्ट प्रा. लि नाम दिएर विराटनगर चारपानेमा संस्था सञ्चालनमा ल्याएकी छिन् । नयाँ ठाँउ, परिवेशमा आफूलाई सामेल गर्न सोँचे झैँ सहज नभए पनि चुनौतीहरुलाई समेट्दै र समाना गर्दै अगाडी बढ्न सक्छु भन्नेमा आफू विश्वस्त रहेको सुनाउँछिन् ।

‘पढाई र व्यवसाय दुवै आ–आफ्नो ठाँउमा महत्वपूर्ण छ, दुवैलाई एकैसाथ हिँडाउन आफूले समय व्यवस्थापन गर्न सक्नुपर्ने हुन्छ, समय व्यवस्थापन गर्न सके असम्भव केही छैन’, उनले सुनाइन्,‘नयाँ ठाँउबाट व्यवसाय यात्रा सुरु गरेकी छु, चिन्न र चिनाउन समय लाग्ला सबै कुरालाई मिलाएर अगाडी बढ्न सक्छु भन्ने विश्वास पनि लिएकी छु ।’

आफन्तबाट प्रेरणा
हरेक मान्छेको जीवनमा एउटा आदर्शको पात्र हुन्छन् । जसले गरेका कामले केही न केही प्रेरणा या भनौँ बाटो देखाइरहेकै हुन्छ ।
त्यस्तै उनको जीवनमा पनि आफ्नी दिदी मुस्कान सुनुवार र दिदीकी ‘विजनेस पार्टनर’ जुनु गुरुङ आदर्शको पात्र रहेको उनी सुनाउछिन् ।
‘जुनु गुरुङ मेडमले धरानमा एउटा कम्पनी खोल्नु भएकोे थियो, त्यहाँ मेरो दिदीको पनि सहकार्य थियो ।’ उनले सुनाइन्,‘ दिदी र उहाँले गर्नुभएको काम हेरेर मैले सिकेकी हुँ, उहाँहरुबाट व्यवसायी बन्नुपर्छ भन्ने प्रेरणा पनि मिलेको हो ।’ अहिले विजनेस पनि सम्हालिरहेकी उनी अरुको भरमा निर्भर भएर काम गर्नुभन्दा आफै केही गर्नुपर्छ भन्ने सोँचले व्यवसाय थालेको उनी सुनाउछिन् ।

महिलालाई आत्मनिर्भर बनाउने लक्ष्य
उनले सञ्चालनमा ल्याएको संस्थामा हातबाट बनाइने विभिन्न सामाग्रीहरुको तालिम दिने मात्रै होइन रोजगारी समेत दिँदै आइरहेकी छिन् ।
तालिमका लागि आउने प्रशिक्षार्थीहरुले बनाइएको सामाग्रीहरु बिक्री वितरण गर्ने साथै आएको रकमबाट पारिश्रमिक दिने गरेको उनले बताइन् । ‘यहाँ तालिम लिन आउनुहुनेलाई हामी प्रशिक्षणसँगै रोजगारी पनि दिन्छौ, बिवाहको माला, फाइबरको माला, बाटेको धुप लगायतका विभिन्न समाग्रीहरु उत्पादन गर्छौ,’उनले भनिन्,‘सिक्न आउनेको इच्छाशक्ति र चाहाना हुनुपर्छ, उहाँले मेहेनत गर्नुभयो भने कमाई पनि उत्तिकै हुन्छ ।’
प्रदेश १ को ठूलो शरह साथै व्यवसायिक हिसाबले एउटा इतिहास बोकेको विराटनगरबाट आफ्नो व्यवसायिक यात्रा आरम्भ गरेको बताउने उनी महिलाहरुलाई आत्मनिर्भर बनाउने संस्थाको उद्देश्य रहेको सुनाउछिन् ।

आफू कर्मचारी भएर काम गर्नु र आफै खटिएर काम गर्नुमा धेरै फरक पर्ने बताउदै उनले नयाँ ठाँउमा काम गर्दै जाँदा असंख्य मान्छेसँग भेट भए पनि केही न केही सिक्ने अवसर मिलेको उनले सनुाइन् । यतिबेला तीनजनाले २५ जनालाई प्रशिक्षण दिइरहेको उनले जानकारी दिइन् । आफ्नो कम्पनीमा उत्पादन गरिएको सामाग्री देशैभरको विभिन्न जिल्ला साथै अन्तराष्ट्रिय स्तरसम्म निर्यात गर्दै आइरहेको उनले बताइन् । सबै कम्पनीको आफ्नो एउटा ब्राण्डा हुनु जरुरी रहेको बताउने उनी बाटेको धुप, खाँडीको पछ्ययौरी लगायतका समाग्री आफ्नो संस्थको प्रमुख ब्राण्ड रहेको उनले सनुाइन् । ‘सबै संस्थाको एउटा आफ्नो ब्राण्ड हुन्छ, र हुन जरुरी पनि छ ’ उनले भनिन्,‘हाम्रो संस्थाको बाटेको धुप, ऊनीको पछ्यौरी, खाँडीको पछ्यौरी लगायतका ब्राण्डको रुपमा उत्पादन तथा विक्रि वितरण गर्ने गरेकाँ छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्