शिक्षा सुधार अभियानमा सक्रिय भोजपुरका नवराज विराटनगरका विद्यालयमा

शिक्षा सुधार अभियानमा सक्रिय भोजपुरका नवराज विराटनगरका विद्यालयमा

विराटनगर । हरेक मान्छेले जीवनको यात्रामा केही गरौँ भन्ने लक्ष्य लिएर अगाडी बढीरहेका हुन्छन् । त्यो यात्रा अवधिमा कोही सफल हुन्छन् । कोही बीचैबाट फर्किन्छन् । यस्तै विविध चुनौती र अवसरसहितको खुल्ला पुस्तक बोकेर भोजपुरका नवराज भट्टराई ‘सबको इच्छा सार्थक शिक्षा, सफा मन सुन्दर जीवन ’ भन्ने अभियान लिएर देश दौडाहामा निस्किएका छन् । उनले गत पुस ५ गतेदेखि यो अभियान लिएर भोजपुरबाट हिडेका हुन् ।

त्यसो त यो अभियानमा उनको अठोट जन्म जिल्ला भोजपुर र छिमेकी जिल्ला छुँदै निरन्तर बग्ने अरुण नदिको रप्mतार जस्तै छ । यात्रा अवधिमा थुप्रै समस्या छन् । तर, उनमा जन्मिएको माटो हुर्किएको प्रकृतिको पृष्ठभूमिले पनि सकारत्मक सोच भरेको छ । ‘यो अभियान पुस ५ गतेबाट चलाएको हुँ, यसका अघि नेपालको सबै जिल्ला भ्रमण गरेको छु, भारत, भुटान म्यानमार सबै घुमेको छु,’ उनी हाँस्दै सुनाउछन्‘ एउटा यात्रीलाई यात्रामा परिवारको दर्बिलो साथ आवश्यक पर्छ जुन मैले यो यात्रा थाले देखिनै पाएको छु ।’

१४ वर्ष अगाडी २५ वर्षको उमेर छँदा देश भ्रमणमा घरबाट बाहिरिएका उनी अहिले ४० औँ वसन्तमा प्रवेश गरेका छन् । भोजपुरको दिंगलाबाट ३ सय ५० रुपैँया बोकेर देश बुझने हुटहुटीले घर छोडेका उनले अनुभवको आधारमा नेपालको शिक्षा प्रभावकारी नभएको बुझेका छन् ।
अन्य देशको दाँजोमा नेपालको शिक्षा कम व्यवहारिक, प्राविधिक शिक्षाको अभाव रहेको उनको बुझाई छ । ‘मैले भ्रमणबाट पाएको अनुसार अन्य देशको तुलना गर्दा नेपालको शिक्षा व्यवहारिक छैन,’ उनी सुनाउछन्,‘ विद्यार्थीलाई व्यवहारिक प्राविधिक र सीपमुलक शिक्षाको आवश्यकता छ ।’ उनी त्यही आफूले भ्रमणको क्रममा पाएको अनुभवलाई आधार बनाएर कोशी प्रदेशको विभिन्न जिल्लाका विद्यालयमा तालिम दिँदै आइरहेकका छन् । विद्यार्थीहरुलाई सकारात्मक शिक्षा दिने उद्देश्यले यो अभियान सुरु गरेको बताउने उनी नीति निर्माण तहमा सकारात्मक प्रभाव छोड्न विद्यार्थीहरुलाई सचेत गराउन लागेको बताउँछन् । उनले हालसम्म भोजपुर, उदयपुर, झापा र मोरङका तीसवटा विद्यालयका विद्यार्थीहरुलाई उत्प्रेरणा दिने खाल्को तालिम दिएको बताए ।

‘मैले कोशी प्रदेशको ४ वटा जिल्लाको ३० वटा विद्यालयमा मोटिभेसन तालिम दिएको छु’, उनले भने,‘ सोचेको भन्दा सकारात्मक परिणाम आएको छ, कतिपय ठाँउमा लक्ष्य गुमाइसकेको मान्छेले पनि पुनः लक्ष्यमा पुग्ने सोच राखेका छन् ।’ आफूले प्रकाशन गरेको पुस्तक विक्री गरेर, परदेशमा रहेको नेपाली दाजुभाईको सहयोग र विद्यालयको केही सहयोगले आफ्नो अभियानलाई अगाडी बढाउँदै गरेका उनका लागि नोट पनि सबै थोक नभएको बताउछन् । नोट भन्दा पनि अठोट लिन सके एकदिन सफलता प्राप्त हुने र मेहनतका साथ आर्थिक पाटो पनि सवल हुनसक्ने उनी अनुभव सुनाउछन् ।

धैर्यता र निष्ठा नमरे सफलता एकदिन प्राप्त हुनेमा ढुक्क रहेका उनले यात्राका क्रममा थुप्रै खाल्का भोगाई समेटेका छन् । सबै छ जस्तो लाग्ने भीडको शहरले उनलाई थुप्रै पटक एक्लो बनाएको छ, कोही छैन जस्तो लाग्ने एक्लो गाँउले उनलाई हिम्मत र साहश दिएको उनी सुनाउछन् ।
उनी गफिदै गर्दा आफ्नो अनुभव सुनाउदै भन्छन्,‘ शहरमा सहयोगी भावना मरेका भेटे, तर केही बुझ्दैन भनेको दुरदराजको गाँउमा मानवता र सहयोग जिउँदो रहेछ ।’ दुई वर्षमा ७७ वटा जिल्लाका विद्यालयमा पुग्ने अठोट बोकेका उनी ठूलो अठोट लिएर हिँडे कुनै जीवनमा सानो तिनो कुराहरु बाधक नबन्ने बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्