विराटनगरको मोरङ क्याम्पस : जालोले पुरिएको स्ववियु भवन विद्यार्थी हितलाई कुर्दैछ

विराटनगरको मोरङ क्याम्पस : जालोले पुरिएको स्ववियु भवन विद्यार्थी हितलाई कुर्दैछ

विराटनगर । क्याम्पसमा स्ववियु निर्वाचनले विद्यार्थीलाई चलायमान बनाईरहेको छ । स्ववियु नेतृत्वमा स्थापित हुँदै राजनीतिको प्रारम्भिक पाइला उचाल्ने सपना देखेका विद्यार्थीहरु उमेदवारी दिएर मतदाता भेटिरहेका छन् । उमेदवार पनि विद्यार्थी र मतदाता पनि विद्यार्थी भएका कारण क्याम्पसको वस्तुस्थिति बारे खासै धेरै बुझाई रहनु पर्दैन ।

निर्वाचनको माहौलमा तातिरहेको विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस परिसरमा अहिले राजनीतिक दलका नेता तथा विद्यार्थीका पुराना नेताहरुको बाक्लो उपस्थिति छ । राजनीतिक रुपमा पार्टीगत विद्यार्थी नेतृत्व स्थापित गर्नु सबैको उद्देश्य देखिन्छ । स्ववियु नेतृत्वमार्फत विद्यार्थीलाई पार्टीगत राजनीतिमा एकाकार गर्नु राजनीतिक दलका नेताहरुको लक्ष्य हुन्छ । स्ववियुमा निर्वाचित नेतृत्वले क्याम्पस प्रशासनसँग केहि माग पुरा गराउँछन् भन्ने अपेक्षा विद्यार्थीमा भएकै कारण मतदानमा सरिक हुनेछन् ।

आगामी चैत ५ गते स्ववियु निर्वाचनको मिति नजिकएको छ । यहि शिलशिलामा मोरङ क्याम्पस परिसरमा प्रवेश गरेर स्ववियु प्रशासन भवन नजिक पुग्दा विद्यार्थीले गर्ने काम कस्तो होला भन्ने प्रष्ट देखिन्छ । क्याम्पस परिसरमा विद्यार्थी हकहितको आवाज उठाउने थलोको रुपमा स्ववियु भवन निर्माण गरिएको छ । २०६५ यता बन्द रहेको भवनमा दुईवटा ताला लागेका छन् । खियाले छोपेको ताला फुटाउनै हम्बे पर्ने देखिन्छ । त्यस बाहेक स्ववियु भवनको वरिपरि घुमेर झ्यालबाट नियाल्ने हो भने माकुराको जालोले पुरिएको छ । भित्री परिसरका फर्निचर धुलोले भरिएका छन् ।

निर्वाचनले छोपेको बेला समेत स्ववियु भवन खोल्ने मनस्थितिमा विद्यार्थी देखिदैनन् । सफा पार्नुपर्छ भन्ने सोचेका पनि छैनन् । क्याम्पसकै भवनको रङ्ग उडिसकेको छ । स्ववियुको भवनप्रति ध्यान कसले दिने भन्ने मनस्थितिका बीच विद्यार्थी नेतृत्व चुनावी सरगर्मीमा रमेको पाइन्छ ।

क्याम्पसको इतिहास
त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस वि.सं. २०१२ मा मोरङ्ग इंटरमीडिएट कलेजको नाममा भएको थियो । वि.सं. २०१८ मा यसको भवन निर्माण भएको थियो । महेन्द्र वीर विक्रम शाहद्वरा वि.सं. २०२० मा भवन उद्घाटन भएपछी “महेन्द्र“ क्याम्पसको नाममा थपिएको थियो । २०२८ मा नयाँ शिक्षा लागू भएपछि त्रिभुवन विश्वविद्यालयले यसलाई आङ्गिक क्याम्पसको रूपमा परिणत गरेको थियो । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय समेत यहाँ भएको हुनाले यसको पूरा नाम २०३३ मा महेन्द्र मोरङ आदर्श बहुमुखी केन्द्रीय क्याम्पस रखिएको थियो । डीनको कार्यालय काठमाडौँ सरेपछि यसलाई महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस भनिन्छ ।

यहिं अध्ययन गरेका विद्यार्थीमध्ये विद्यादेवी भण्डारी राष्ट्रपति र सुशीला कार्की सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएका छन् ।
क्याम्पसका पूर्व सभापति सागर थापा लामो समयसम्म स्ववियु निर्वाचन नहुँदा क्याम्पस प्रशासन समेत सुस्ताएको बताउँछन् । विद्यार्थी आन्दोलन कमजोर हुनुको एउटा कारण समेत स्ववियु निर्वाचन रोकिनुलाई हेरिन्छ । मोरङ क्याम्पसमा स्ववियुका पूर्वसभापतिहरु ऋहिले देशका उपल्लोस्तरको नेतृत्वमा स्थापीत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्