विराटनगरका खाली सडक : नो पार्किङ जोनले व्यापार घट्छ

विराटनगरका खाली सडक : नो पार्किङ जोनले व्यापार घट्छ

विराटनगर । फागुन–चैत विराटनगरका सडक शान्त छन् । सबै क्षेत्रमा देखिएको सुस्तताले शहरमा चहलपहल पनि सुस्ताएको छ ।
सबै क्षेत्र शान्त र सुस्त रहँदा व्यापारमा उत्साह छैन । विराटनगरमा समेत त्यसको प्रभाव छ । अघिल्ला वर्षमा समेत व्यापारमा मन्दिको समय मानिन्छ चैत । विवाहवारी नहुने महिना भएपछि कपडादेखि सुन पसलसम्म सुनसान रहेको छ ।

तर, विराटनगरमा भने यसको दोष सडकमा पार्किङ निषेध गरिएकोले यस्तो भएको आरोप छ । कतिपय व्यापारीले सडक पार्किङ निषेध गरिएका कारण यस्तो भएको भनेपनि कतिपयले भने सार्वजानिक पार्किङ अवधारणाले व्यापार वितरणलाई फाइदा पु¥याएको दावी गरेका छन् ।
विराट व्यापार संघका अध्यक्ष नरेश खत्रीले महानगरले पार्किङ निषेध गर्ने कार्य अध्ययन बिना नै लागु गरेको आरोप लगाएका छन् । उनले साना व्यापारीलाई असजिलो पार्ने गरि उपभोक्ता भड्काउने शैलीको काम भएको दावी गरेका छन् । सडकमा गर्ने पार्किङलाई व्यवस्थित गर्नुपर्नेमा खाली नै गराउँदा व्यापारी मार्कामा परेको खत्रीको आरोप छ ।

खत्रीले सीमा खुल्ला राखेर बजार कडाई गर्दा उपभोक्ताले जोगबनी रोज्ने गरेको दावी गरेका छन् । उनले जोगबनीले बजारलाई किचेको बताउँदै पार्किङ्ग निषेध गर्दा सहज खोज्ने उपभोक्ता मालवस्तु खरिद गर्न आउन छोडेको बताए । उनले अतिआवश्यक वस्तुमा भन्सार दर घटाएर उपभोक्तालाई नेपाली बजारमा रोक्नका लागि सरकारले नीतिगत सुधार गर्नुपर्ने सुुझाव समेत दिएका छन् ।

तर, विराटनगरमा लामो समयदेखि कपडासहितका कारोबार गर्दै आएका व्यापारी कमलेश काबरा सडकमा पार्किङ निषेध गर्ने कुराले व्यापार घटेको आरोप मिथ्या हुने बताउँछन् । उनले आफ्नो पसल लामो समयदेखि पार्किङ निषेध गरिएको सडक क्षेत्रमा रहेको बताउँदै व्यापारमा खासै अन्तर नपर्ने बताउँछन् । ‘सरकारले भन्सार दर लगायतका विषयमा सोच्ने हो भने बजार उठ्छ’ काबराले भने–गाँस, बास र कपासलाई आधारभूत आवश्यकतामा राखेपछि सरकारले भन्सार दर घटाउनुपर्छ । उनले भन्सार दर घटाएर सीमा कडाई गरे उपभोक्ता आफैं आउने बताएका छन् ।

विराटनगरमा जथाभावी पार्किङ गर्ने चलन हटाउँदा बजारको स्वरुप परिवर्तन भएको बताउँदै काबराले उपभोक्तालाई अभ्यस्त हुन समय लाग्ने भएपनि चाहिएको वस्तु खरिद गर्न छोडे भन्न नमिल्ने बताउँछन् । तर, महानगरपालिकाले पार्किङ्गस्थलको संख्या सुगम र सुलभ ढंगले व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ । ‘व्यापारमा मन्दिको महिना भनेकै चैत हो’ काबराले भने–बाधा अड्चन नआए बैशाखामा हुने सामाजिक परम्पराका कार्यक्रम हुने र त्यसले व्यापार केहि चलायमान बनाउने बताए । तर, साइत नपरेको महिना परे चैतदेखि असारसम्म नै बजार सुस्ताउने गरेको उनको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्