बिद्युत आपूर्ति नियमित गर्न माग गर्दै विराटनगरका उद्योगी आन्दोलित

बिद्युत आपूर्ति नियमित गर्न माग गर्दै विराटनगरका उद्योगी आन्दोलित

विराटनगर । बिद्युत आपूर्ति नियमित बनाउन माग गर्दै सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी आन्दोलित बनेका छन् । माग भन्दा आपूर्ति कम हुँदा औद्योगिक करिडोरसँगै ग्राहस्थ फिडरका सेवाग्राही समस्यामा परेपछि उद्योगीहरुले नियमित गर्नुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका हुन् ।

विराटनगरका उद्योगीले बिद्युत कटौती हुँदा उद्योग सञ्चालनमा समस्या परेको भन्दै आइतबार नेपाल बिद्युत प्राधिकरणको दुहबी ग्रिड घेराउ गरेका छन् । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जसरी पनि प्राधिकरणले बिद्युत आपूर्ति सहज बनाउनु पर्ने बताउनुभयो ।
नेपाल बिद्युत प्राधिकरण कोशी प्रदेश प्रमुख उमेशकुमार झाले पूर्व क्षेत्रमा गर्मीको सिजन ३०० मेघावाटसम्म माग रहेको भएपनि आपूर्ति १९० मात्रै रहेको बताउनु भएको छ । अहिले कोशी प्रदेशमा १९६ मेघावाट बिद्युत उत्पादन गर्ने क्षमता भएपनि २८ मेघावाट मात्रै रहेको झाको भनाई छ । भारतको कटैयाबाट ४० देखि ८० मेघावाट र ढल्केबर प्रसारण लाइनबाट ८० मेघावाट मात्रै बिद्युत आपूर्ति भईरहेको प्रमुख झाले जानकारी दिनुभयो । उहाँले कटैयाबाट पर्याप्त बिद्युत आयात गर्ने संभावना नरहे वर्षात् अगाडीको स्थिति यस्तै रहने बताउनुभयो । तर, प्राधिकरणले बिद्युत थप आयातका लागि भारतसँग कुरा गरिरहेको उहाँले बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा संघका अध्यक्ष रिजालले तीन सिफ्टमा चलिरहेको उद्योग ८ घण्टा बिद्युत कटौती हुँदा मजदुर तथा कामदार कटौती गर्ने स्थितिमा पुगिएको बताउनुभयो । उद्योगमा बिद्युत आउने जाने गरेका कारण उत्पादन लागत बढ्दै गएकोले उपभोक्तासम्मलाई मूल्यले असर पार्नसक्ने देखिएको अध्यक्ष रिजाललको भनाई छ ।

अघोषित लोडसेडिङ्गका कारण उद्योगहरुलाई दैनिक कामदार तथा श्रमिक परिचालन गर्न समेत समस्या परेको गुनासो उद्योगीहरुको छ । सिमेन्ट, डण्डी र प्लाष्टिकका सामान उत्पादन गर्ने उद्योग सबैभन्दा बढी मारमा रहेको उद्योगी रिजालको भनाई छ । करिडोरका चारवटा स्टिल उद्योग एकसातादेखि उत्पादनविहीन भएको उनीहरुको दावी छ ।

उद्योगीहरुका अनुसार पुसदेखि नै बिद्युत आपूर्तिमा समस्या देखिएको थियो । पछिल्लो एक महिनादेखि दैनिक १२ घण्टासम्म बिजुली कट्ने गरेको छ । त्यसमा पनि सेड्युल सार्वजानिक गर्न प्राधिकरणले आनाकानी गर्दै आएको छ । लोडसेडिङ्ग तालिका दिए त्यसले उद्योग व्यवस्थापनलाई कामदारको सिफ्ट मिलान गरेर काम लगाउन सहज हुने अध्यक्ष रिजालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्